🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्पपीडितका नाममा घोटाला

काठमाडौं । समयमै राहत र घर निर्माणको अनुदान नपाएपछि भूकम्पपीडितहरू तेस्रो बर्षायाममा पनि पालमै भिज्दै जीवन बिताउदैछन् । भूकम्पपीडितलाई समयमै बासको प्रबन्ध गर्नका लागि स्थापित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका गोविन्द पोख्रेललगायतका उच्च अधिकारीहरू तिनै पीडितका नाममा विभिन्न बहाना बनाएर भ्रष्टाचार गर्न तल्लीन छन् भन्ने कुराको उदाहरण ट्याब्लेट र चार्जर पावर बैंक खरिद प्रकरणमा भएको घोटालाले पुष्टि गरेको छ ।

पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित जिल्लाका गाउ“ गाउ“मा खटिएका इन्जीनीयरका लागि खरिद गरिएको ट्याब्लेट र पावर बैंक खरिदमा भ्रष्टाचार भएको खबर छ । ट्याब्लेट र पावर बैंक खरिदमा सबैभन्दा कम दरमा साइमेक्स इन्क लिमिटेडले बोलपत्र पेश गरेको थियो । तर प्राधिकरणले बढी प्रस्ताव हाल्ने दोस्रो होइन, तेस्रो द वेभ गु्रप टे«डिङ प्रालिसंग मिलेमतोमा खरिद गर्ने निर्णय गरेको छ । साइमेक्सले २ करोड १० लाखमा प्राधिकरणले मागेको ट्याब्लेट र पावर बैंक आपूर्ति गर्ने टेण्डर प्रस्ताव पेश गरेको थियो । तर उसलाई नदिई २ करोड २९ लाख ९५ हजार ५ सय रुपैया“ प्रस्ताव पेश गरेको द वेभ गु्रपलाई आपूर्तिको ठेक्का स्वीकृत गरेको सूचना २०७४ असार १९ गते निकालेको छ ।

 सबैभन्दा कम साइमेक्स र दोस्रो कम दरमा न्यूयोटेक सामसुङ कम्पनीले टेण्डर प्रस्ताव गरेका थिए । न्यूयोटेक सामसुङले २ करोड २६ लाख ६८ हजार ३ सयमा प्रस्ताव गरेको थियो । पुननिर्माण प्र्राधिकरणका सीईओ डा. गोविन्द पोखरेल चुनावमा प्यूठान गएको मौका छोपी सचिव सर्वजितप्रसाद महतोले साइमेक्स भन्दा २८ लाख ९५ हजार ५ सय रुपैया“ बढी दरमा बोलपत्र पेश गरेको द वेभ गु्रपलाई दिएको आरोप छ । कम दरमा प्रस्ताव हाल्नेको टेण्डर स्वीकृत नगरी सबैभन्दा बढी दरको बोलपत्र स्वीकृत गर्नु ठाडो भ्रष्टाचार हो । आगामी २०७४ कात्तिक २६ गते अवकाश हुन लागेका सचिव महतोलाई प्रभावमा पारेर द वेभ गु्रपले टेण्डर पारेको छ ।

सबैभन्दा कम दरमा प्रस्ताव गरेको साइमेक्सले कम दरमा हाल्नेको टेण्डर अस्वीकृत गरी बढी दरको प्रस्तावलाई स्वीकृत गरी भ्रष्टाचार गरेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । २०७४ असार २२ गते दर्ता भएको उजुरीको दर्ता नम्बर २२२८५ हो । साइमेक्सले सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि असार २२ मै उजुरी दिएको छ, जसको दर्ता नम्बर ३१७२ छ । 

 उजुरीमा ट्याब्लेट र पावर बैंक खरिदको टेण्डर खोल्दा साइमेक्सको प्रस्ताव प्रथम भएको घोषणा गरिएको थियो । तर पटक पटक सम्पर्क गर्दा कुनै जानकारी नदिइएको उल्लेख गर्दै साइमेक्सले एकैपटक असार १९ मा गोरखापत्रमा सूचना प्रकाशित गरी बिट रकमको आधारमा तेस्रो बढी रकम कबोल गर्ने द बेभ ग्रुपलाई छनोट गरिएको छ । पहिलो हुनेलाई सूचना नै नदिई कसरी तेस्रो हुनेलाई दिइयो भन्ने गुनासो पटक पटक गर्दा पनि सचिव महतोले सुनुवाइ नै नगरेको साइमेक्सको उजुरीमा उल्लेख छ । टेण्डरमा सबैभन्दा कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई सूचना नै नदिई गुपचुप रुपमा गरिएको निर्णय अमान्य र कानूनसंगत नभएकाले सो निर्णय रद्द गर्न अख्तियार र खरिद अनुगमन कार्यालयमा दिइएको उजुरीमा माग गरिएको छ ।