🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भो चाहिएन नया” शक्तिको ताली पड्काउने पद

नया“ शक्ति पार्टी नेपालको कथित सर्वोच्च निकाय, सङ्घीय परिषद् सदस्य छु । परिषद् बैठकको लागि सूचना पाएको पनि हो तर बैठकमा जान जा“गर नै चलेन । दोस्रो पूर्ण बैठकमा सहभागी भएकै हु“ तर समय, सम्पत्ति र उर्जा खर्च गरेर काठमाण्डौ जानुको मतलव ताली पड्काउन मात्रै जस्तो भो । प्रदेश नम्बर १ को ग्रुप छलफलमा जम्मा ३ मिनेट सुझाव दिन त पाइयो तर त्यो सुझाव केवल दिनकै लागि मात्र थियो ।
कुनै पनि पार्टीको सङ्घीय परिषद् (केन्द्रीय परिषद्)लाई सर्वोच्च निकाय भने पनि परिषद सदस्यहरूको भूमिका केवल ताली बजाउने मात्र हुन्छ । परिषद् बैठकहरूमा निर्णय सहितको प्रस्ताव पेश गरेर अनुमोदन गर्ने कार्य मात्र गरिन्छ । त्यसैले नया“ शक्तिको मात्र होइन, अरु पार्टीहरूको पनि सङ्घीय परिषद् (राष्ट्रिय परिषद) लाई सर्वोच्च निकाय मान्ने नै हो भने परिषद सदस्यहरूको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ ।
कम्तीमा प्रस्ताव र कार्यपत्रहरू बैठक हुनुभन्दा हप्तादिन अगावै परिषद् सदस्यहरूलाई उपलब्ध गराउन सके र परिषद् सदस्यहरूको विचार समेटेर मात्र आधिकारिक निर्णय गर्ने परिपाटीको विकास गरे बैठकमा सहभागी हुनुको पनि अर्थ रहन्छ । दुनिया“ आधुनिक सञ्चारको एउटै छानामुनी गोलबन्द बनेको बेला, डकुमेन्टहरू अगावै उपलब्ध गराउन सकिन्न र ? ताली पड्काउने पदभन्दा पदै नलिई समर्थन गर्नुको अर्थ बरु बढी होला ।    –इन्द्र नारथुङे