🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन धारा : दूधमा मिसावट ! 

एक महिला कुनै एक साधुसँग प्रार्थना गर्दै भन्न थालिन्–‘महाराज, आज हाम्रो घरमा आएर हामीलाई कृतार्थ गरिदिनुहोस् ।’ साधु उनको घरमा गए । महिलाले साधुका लागि एउटा कचौरामा दूध हालिन् तर जब दूध हाल्ने बेलामा कराइको तर जति सबै कचौरामा खस्यो । ती महिलाको मुखबाट अचानक ‘अरे–अरे’ शब्द निस्कियो । तर पनि ती महिलाले चिनी हालेर दूध साधुलाई दिइन् । साधु ज्ञान उपदेशका कुरामा व्यस्त रहे । उनले दूध पिएनन् । महिलाले सोचिन् कि दूध तातो भएर साधुले पिउन सक्नुभएन ।

जब ज्ञान उपदेशको चर्चा समाप्त भयो, तब साधु महाराज त्यत्तिकै हिँड्न लाग्नुभयो । ‘महाराज दूध त पिएर जानुहोस् ।’ महिलाले अनुरोध गरिन् । ‘खान्न तिमीले दूधमा चिनी र तरबाहेक अर्को एउटा चीज पनि मिसाएकी छौ, त्यसकारण म दूध खान्न ।’ अरू के मिसाएकी छु र महाराज ? ‘अरे–अरे !’ जुन दूधमा अरे–अरे मिसाएको हुन्छ, त्यो म पिउन सक्दिनँ ।’