कोही कसैले पनि यस्तो शौख होला त रगत पिउने ? हो, यस्तै एक महिला छिन् जो रगतकी पारखी हुन् । तर, यसको पछाडिको रहस्य भने छुट्टैछ । हो, अमेरिकाको क्यालिफोर्नियाकी एकजना ३१ बर्षीय महिला हुन् जो रगत पिउन रुचाउँछिन र अहिले त्यो उनको आदत नै बनेको छ । उनी एकजना ट्याटु आर्टिस्ट हुन् । मिशेल नाम गरेकी यी आर्टिस्टले एक इन्टरभ्यू मै यो कुरा बताएकी हुन् । यसका अलावा उनको विचित्रको शौख पनि रहेको छ ।
मिशेललाई मानिसका साथसाथै जनावरको रगत पिउन पनि मन पर्छ । उनी हप्तामा ३६ लिटर रगत पिउने गर्छिन । उनी १८ वर्षकै उमेरमा डिपे्रशनको शिकार बनेकी थिइन । तत्पश्चात उनको व्यवहारमा निकै परिवर्तन आएको थियो । उनले आफ्नै शरीरलाई चोट पु¥याउने गर्थिन् । एकदिन आफ्नो हातबाट रगत बग्दा आफैले चुसेकी थिइन । उनलाई त्यो रगतको स्वाद यति मीठो लाग्यो कि उनले सँधै त्यस्तै गर्न थालिन् । त्यसपछि सँधै रगत पिउने उनको बानी नै बस्यो । अहिले उनी सामान्य छिन् तर पनि मानिसहरूका रगत पिउन हिच्किचाउँदिनन् ।




