🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सूर्य निर्वाचन चिन्ह र \’\’जन युद्ध\’\’ शब्दले रोक्यो वाम पार्टी एकता !!

काठमाडौं, चैत १४ गते । एमाले माओवादी संयुक्त कार्यदलको प्रतिवेदन तयार भएको खबर छ।  स्रोतका अनुसार, एकीकृत वाम पार्टीको बिधानको प्रस्तावनामा 'जनयुद्ध' शब्द  राख्न एमाले असहमत रहेको बताइन्छ भने एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न माओवादी केन्द्र असहमत रहेको स्रोत बताउछ। 

जन जनमा भिजेको र लोकप्रिय बनेको आम मानिसले मन पराएको निर्वाचन चिन्ह सूर्य नराख्ने कुरामा एमालेको तल्लो कमिटीदेखि माथिल्लो कमिटीसम्मले स्वीकार गर्ने अवस्था नरहेको एमालेका एक नेताले बताए।  २७ वर्षदेखि आम जनताले रुचाएको निर्वाचन चिन्ह परिवर्तन गर्नु भनेको एमालेले आफ्नो साध्य गोडाको घुँडोमा बन्चरो हानेर थला पर्नु सरह हो।  

एकीकृत वाम पार्टीको बिधानको प्रस्तावनामा माओवादी केन्द्रले ''जन युद्ध'' शब्द राख्ने प्रस्तावलाई स्वीकार्ने कुरामा एमालेले  आपत्ति नगर्दा पनि हुने  राय बुद्धिजीवीहरुको रहेको छ।  नेपालको वर्तमान संविधानको प्रस्तावना मै ''सशस्त्र संघर्ष'' भन्ने शब्द परिसकेको अबस्थामा ''जनयुद्ध'' शब्द राख्दैमा कुनै विपत्ति आइलाग्ने पनि होइन भन्छन वाम बुद्धिजिवीहरु।  स्रोतका अनुसार, एकीकृत वम पार्टीको सांगठानिक सरचना चाहिं निम्न अनुसार प्रस्ताव गरिएको छ।  उल्लेखित केही मुख्य बुँदा र विषय बस्तुमा सहमति हुन नसकेकाले २०७४ चैत २३ गते अघि नै एमाले र माओवादी केन्द्र (वाम पार्टी एकता)को नहुने संकेत पाइएको छ। 

सहमति भएका बुँदाः
केन्द्रीय कमिटी २९९ सदस्य
पोलिटव्यूरो ९९सदस्य
स्थायी कमिटी ३३ सदस्य
प्रदेश कमिटी १५० सदस्य
जिल्ला कमिटी७५–१२५ सदस्य
महानगर कमिटी ७५ सदस्य
उपमहानगर कमिटी ६१ सदस्य
नगर÷गाउँपालिका ५१ सदस्य
वडा कमिटी २५ सदस्य
प्रारम्भिक कमिटीः १५ सदस्य