फलपूmल, तरकारीहरू, दाल, गहुँ, बदाम तथा तेलजन्य पदार्थले हामीहरूलाई तन्दुस्त राख्न मद्दत गर्नुका साथसाथै प्रतिरक्षा प्रणालीमा समेत विकास गर्दछ । यसका साथसाथै यसले विभिन्न संक्रमणबाट बचाउन समेत मद्दत गर्दछ । ती खाद्यपदार्थ निम्न प्रकार छन् ।
अमला : अमलाबाट भरपुर मात्रामा भिटामिन सी प्राप्त गर्न सकिन्छ । यसले गुड कोलेस्ट्रोलको मात्रामा वृद्धि गरी रक्तचाप नियन्त्रणमा राख्दछ तथा हृदय सम्बन्धित रोगबाट बचाउन मद्दत गर्दछ ।
सुन्तला : सुन्तलामा भिटामिन ए तथा सी पाउन सकिन्छ । यसले स्तन क्यान्सर, पेटको क्यान्सर, प्यांक्रियाजको क्यान्सर आदिजस्ता रोगबाट बचाउन मद्दत गर्दछ । यसका साथसाथै अस्थमा रोगीहरूका लागि पनि एकदमै फाइदाजनक मानिन्छ ।
खरबुजा : यसमा प्राप्त गर्न सकिने लिकोपिन नामक एन्टीअक्सिडेन्टको मद्दतबाट शरीरमा रेडिकल उत्पादन गरी क्यान्सर रोगको खतरालाई मुक्त गर्दछ । यस्तै खरबुजामा शरीरलाई आवश्यक पर्ने प्रोटिन एवं फ्याट प्राप्त हुन्छ । यसका बिउमा प्रोटिन, मिनरल्स त्यस्तै आवश्यक पर्ने अम्लहरू भरपुर मात्रामा प्राप्त हुन्छ । यसको बिउले रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्दछ ।
केरा : केराको प्रयोगले ग्यास्ट्रिक, एसिडिटी तथा अल्सरजस्ता रोग नियन्त्रणमा मद्दत गर्दछ । यसलाई पोटासियमको ठूलो स्रोत मानिन्छ ।
मेवा ः मेवाले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा विकास गर्दछ तथा पेटका विभिन्न रोगहरूबाट मुक्ति दिलाउँदछ ।
हरियो पत्तायुक्त सागसब्जी : यस्ता खनिज पदार्थ जस्तै भिटामिन ए, बी, सी, के तथा क्याल्सियम, म्याग्नेसियम, आइरन, प्रोटिन एवं फाइबर पर्याप्त मात्रामा पाउन सकिन्छ । जुन शरीरका लागि एकदमै आवश्यक छ ।
बन्दागोभी तथा पूmलगोभी : यसमा पर्याप्त मात्रामा आइरन, सल्फर तथा फाइबर पर्याप्त गर्न सकिन्छ । यसले शरीरलाई छालालाई क्यान्सरबाट बचाउने कार्य गर्दछ ।
गाजर : यसमा बिटा–क्यारोटिन एवं भिटामिन ‘ए’ को राम्रो स्रोत मानिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । साथै छाला तथा मुखको क्यान्सर बाट बचाउँदछ ।
अदुवा : यसलाई पाचन प्रक्रियामा एकदमै फाइदाजनक मानिन्छ । यसले ग्यासराइटिस(ग्याष्ट्रिक)को समस्याबाट बचाउने कार्य गर्दछ ।
लसुन : यसले खराब कोलेस्ट्रोलको मात्रालाई कम गरी प्रतिरोधात्मक क्षमताको विकास गर्ने गर्दछ । यो एउटा एन्टीअक्सिडेन्ट तत्व पनि हो जसले शरीरमा घाउ लागेमा कम समयमा नै घाउ भर्न मद्दत गर्दछ ।
बदाम : बदाममा पूर्णरुपमा भिटामिन ए, ई तथा सिलेनियम पाइन्छ जसले हृदय रोगबाट बचाउन मद्दत गर्दछ ।




