🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेसमा नाै जना सैनिक र गैरसैनिक खेलाडी पुरस्कृत

काठमाडाैं । “सेना दिवस-२०७८” को अवसरमा सिन्धुपाल्चोक जिल्लामा तैनाथ  गोरख बक्स गणले विभिन्न सरकारी निकाय, संघ संस्था तथा स्थानीय समुदायसँगको सहकार्यमा ऐतिहासिक तथा धार्मिक महत्वको लिस्तीकोट र दुगुनागढीको पहिचान, पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरेको "दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस" प्रतियोगिता,  २०७८ फाल्गुण २१ गते सिन्धुपाल्चोक जिल्लाका जिल्ला न्यायधीश  चन्द्र प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

\"\"

दोश्रो लिस्तीकोट दुगुनागढी माउण्टेन ट्रेल रेस" प्रतियोगिता,  २०७८ देवराज महतरा नेपाली सेनाले प्रथम पुरस्कार रु. १,१०,००।,  प्राप्त गरेका छन् भने श्रीकाश राई नेपाली सेनाले द्वितीय रु. ७५,०००। प्राप्त गरेका छन् ।

\"\"

  उक्त दौड प्रतियोगितामा गैह्र सैनिक व्यक्तिहरूले पनि पुरस्कार प्राप्त गरेका छन् । जस्मा सुमन कुलुङ्ग तृतीय रु. ५५ हजार, भीम बहादुर गुरुङ्ग    चौथो    रु. ४० हजार, राजेन्द्र राई पाँचौ रु. ३० हजार, याङ्गदेव राई छैटौं रु. २० हजार प्राप्त गर्न सफल भएका छन् ।

\"\"
साे दौड प्रतियोगितामा गैह्र सैनिकमा महिलाहरू नितु तामाङ प्रथम रु. ६० हजार, भगवती खत्री    द्वितीय रु. ३५,००० हजार र भगवती खत्री    नेपाली सेनाले द्वितीय रु. ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

 साे कार्यक्रममा भोटेकोशी गा.पा.का अध्यक्ष तथा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, नं. २६ बाहिनी अड्डाका बाहिनीपतिलगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न व्यवसायी तथा संघ संस्थाहरुका प्रमुख, संचारकर्मीहरु, खेलाडीहरु र ठूलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।