बाबुरामले नया“ शक्तिको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको सा“घुको गत अंकमा हामीले प्रकाशित गरेपछि नया“ शक्तिमा नया“ तरंग उत्पन्न भएको छ । नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए । तर, बाबुरामले देवेन्द्र पौडेलको अभिव्यक्तिको आवेगपूर्ण ढंगले खण्डन गर्दै आफूले ५ वर्ष आकाश खसे पनि नेतृत्व नदिने बताएका छन् । तर, पार्टीभित्र यो विषयलाई लिएर बहस सुरु भएको छ । स्रोतका अनुसार, भट्टराईले यस्तो अभिव्यक्ति दिएसंगै नया“ शक्तिभित्र शक्तिशाली मानिएका पौडेल र उनीबीचको सम्बन्धमा केही तिक्तता देखिएको थाहा भएको छ ।




