🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल २०७९ चैत १० गते समाप्त हुँदै

काठमाडौं । गणतान्त्रिक नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति हुन् विद्यादेवी भण्डारी । भण्डारी अहिले दोस्रो कार्यकालमा रहेकी छिन् । २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि दोस्रो राष्ट्रपतिका रुपमा विद्या भण्डारीको आगमन भएको थियो ।

उपराष्ट्रपतिमा भने नन्दबहादुर पुन रहेका छन् । उनीहरु दुवै जना एकैसमय ती पदमा पुगेका हुन् र एकै साथ विदा हुने अवस्थामा रहेका छन् । २०७२ सालमा एमाले र माओवादीको गठबन्धनमा सरकार बनेपछि राष्ट्रपति, उपराष्ट्रपति पदमा पनि भागबण्डा भएको थियो ।

एमालेको भागमा परेको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी र माओवादीको भागमा परेको उपराष्ट्रपति पदमा नन्दबहादुर पुनलाई निर्वाचित गरिएको थियो । संयोगले २०७४ को निर्वाचनपछि पनि उनीहरु नै निरन्तर हुने अवस्था आयो । त्यतिबेला पनि माओवादी र एमालेबीच नै गठबन्धन बन्यो ।

राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल २०७९ चैत १० गतेमै सकिने भएकोले प्रतिनिधि सभाको निर्वाचन चाहेर पनि ढिला गर्न नमिल्ने स्थिति देखिएको राजनीतिक दलहरुले बताउने गरेका छन् ।

२०७२ सालमा संविधान जारी गर्ने बेलामा कांग्रेस, एमाले र माओवादीबीच तीनवटा पद बाँडफाँड गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार राष्ट्रपतिमा कांग्रेसका सुशील कोइराला हुने अनौपचारिक सहमति भएको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्रीमै रुची देखाएर कोइराला एमालेका केपी ओलीसँग प्रतिस्पर्धा गरेपछि राष्ट्रपति एमालेको भागमा परेको हो ।

दोस्रो कार्याकालमा लागि भण्डारी र पुन २०७४ चैत १० गते निर्वाचित भएका थिए । २०७२ कात्तिक १२ गते पहिलो कार्यकालका लागि उनीहरु निर्वाचित भएका थिए ।  दोस्रो कार्यकाललका लागि भण्डारी निर्वाचित हुने क्रममा जम्मा मतको दुई तिहाइ भन्दा बढी मतसहित निर्वाचित भएकी हुन् ।

राष्ट्रपतिमा निर्वाचित हुने क्रममा उनले ३९ हजार २७५ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । राष्ट्रपतिका लागि प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभाका ८७९ जना मतदाताले भोट हालेका थिए ।

राष्ट्रिय सभामा मनोनित युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रतिनिधि सभाका रेशम चौधरी र प्रदेशतर्फका सांसद दीपक मनांगे गरी पा“चजना मतदाता सूचीमा थिएनन् । त्यसैले, कूल ८८४ मतदातामध्ये ८७९ जना मात्रै सहभागी भएका थिए ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ रहेको हुन्छ । त्यसैले, ८७९ जना मतदाताको कूल मतभार ५२ हजार ४२२ हुन्छ । राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्दथ्यो ।

यसरी हेर्दा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनको पाँच वर्षे कार्यालय आउने २०७९ फागुन २७ गते सकिने देखिएको छ । निर्वाचन आयोगले मंसिर २२ गते प्रतिननिधि सभाको कार्यकाल सकिने भनेर जनाईसकेको छ । त्योभन्दा अघि नै निर्वाचन गर्नका लागि आयोगले सरकारलाई मिति प्रस्ताव गरेर काम थालिसकेको छ । 

राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल २०७९ चैत १० गतेमै सकिने भएकोले प्रतिनिधि सभाको निर्वाचन चाहेर पनि ढिला गर्न नमिल्ने स्थिति देखिएको राजनीतिक दलहरुले बताउने गरेका छन् ।

कानूनले गरेकाे व्यवस्था अनुसार, राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल समाप्त हुनु  एक महिना अघि नै नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका लागि निर्वाचन गर्नुपर्ने छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पाँच वर्षे कार्यकाल २०७९ चैत १० गतेमै सकिने भएकोले २०७९ फागुन १० गतेभित्रै देशकाे तेस्राे राष्ट्रपति  र उपराष्ट्रपतिकाे निर्वाचन गर्नै पर्ने कानूनी व्यवस्था रहेकाे छ ।

२०७९ फागुन १० गतेभित्रै  राष्ट्रपति र उपराष्ट्रपतिकाे निर्वाचन  हुन नसकेमा जबसम्म निर्वाचन हुँदैन तबसम्म वहालवाला राष्ट्रपति र उपराष्ट्रपति आआफ्नाे पदमा कायम रहने छन् ।