🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनार खाऔं अनि हृदय रोगबाट बचौं  

 चिल्लो पदार्थका कारण मुटुको धमनी साँघुरिएर मानिसहरू मृत्यु हुन सक्दछ् । यसलाई एथेरोसक्लेरोसिस पनि भनिन्छ । हालै एक जर्नलमा प्रकाशित भएको अध्ययनले अनारको प्रयोगले यस रोगबाट संरक्षण गर्ने र सामान्य प्याथोलोजीसँग सम्बन्धित रोगहरूविरुद्ध लड्ने जनाएको छ । मुसामा गरिएको अध्ययनमा मुटुको धमनी बन्द भएका मुसाहरूमा पानीसँग दुई हप्तासम्म अनार खान दिइएको थियो । जसले कोलेस्ट्रोलको तह बढायो जुन कम घनत्वका लिपोप्रोटिन साइजसँग सम्बन्धित थियो, त्यस उपचारले मुटुका धमनीहरूको दुवै मुखहरू खोल्न पुग्यो र बन्द धमनी खुला गर्दै लग्यो । यसरी अनारको प्रयोगले धमनीहरू सफा र खुला राख्ने कुरा अध्ययनकर्ताहरूले पत्ता लगाए । यसबाट नै अध्ययनकर्ताहरूले निम्न फाइदाजनक प्रभावहरू प्राप्त गर्न सफल भए । 

–अक्सिडेटिभस्थितको तहलाई घटाउन सफल भएको ।
–नली तथा धमनीहरूमा घाउखटिरा निर्माण गर्ने मोनोसाइटिक केमोट्याक्टिक प्रोटिन–१ लाई कम गर्न सफल ।
– हृदयका अंगहरूमा चिल्लो तरलपदार्थ जम्मा हुने प्रक्रियालाई कम गर्ने । 
– हृदयमा वृहत्रुपमा नछानिने पदार्थहरूको प्रक्रिया घटाउन । 
– हृदयका अंगहरू अनावश्यक वृद्धि हुन रोक्ने । 
– इ.सी.जी का समस्याहरूलाई कम गर्न । 
अनारको प्रयोगले निम्न रोगहरूबाट बच्न सकिन्छ । 

घाउखटिरा नास : अन्य विभिन्न रोगहरू जस्तै अनारले सुजन, घाउखटिरा नास गर्दछ जुन हृदयसम्बन्धी रोगहरूसँग सीधा सम्बन्ध राख्दछ । 
रक्तचाप घटाउन : अनारको जुसले एन्जियोटेनिसनलाई इन्जाइममा परिवर्तन गरी रक्तचापलाई घटाउन कार्य गर्दछ । साथै यसले हृदय धमनीहरूमा अनावश्यक तनाव उत्पन्न हुन दिँदैन । 
इन्फेक्सन विरुद्ध : धमनीको तहमा हुने भाइरल तथा विषाणु इन्फेक्सन, हेपाटाइटिस सी आदि रोगमा यसले विरुद्धको काम गर्दछ र धमनी स्वस्थ राख्दछ । 
एन्टीअक्सिडेन्ट : रगतमा रहेका लिपिड(चिल्लो तरल पदार्थ)हरूले हृदयरोगहरूमा अक्सिडेन्टमार्फत बढावा दिने गर्दछ । अनारले रगतमा अक्सिडेटिभ स्टे«स(तनाव)लाई घटाउने पाइएको थियो ।