🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वाम पार्टी एकतामा चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दमा कुनै विवाद छैन : नेता नेम्वाङ

बनियानी, झापा, २९  चैत  : नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले सानातिना विवाद र समस्याले पार्टी एकता कुनै पनि हालतमा अवरुद्ध नहुने बताएका  छन्  । 

प्रेस चौतारी झापाले चैत २८ गते  बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सानातिना मतभेदलाई दुवै पार्टीका अध्यक्ष बसेर टुंग्याइने बताए  । “हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भने– “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन ।” 

चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दका विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै नेता नेम्वाङले भने, “दुवै पार्टीका चुनाव चिह्न सम्पत्ति हुन् । सहमतिका आधारमा तिनको प्रयोग र व्यवस्थापन हुन्छ । हिजोका उपलब्धिलाई दुवै पार्टीले आत्मसात् गरेको विषय हो ।” 

नेता नेम्वाङले भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राखेर मुलुक समृद्धिको बाटोमा अघि बढ्ने समेत बताए । 

प्रधानमन्त्रीको भारत भ्रमण चर्चामा मात्रै सीमित नरहेको र स्वयं भारतीय प्रधानमन्त्रीको सम्बोधनले धेरै कुरा प्रष्ट्याएको उनको भनाइ थियो । “विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुन्छ,” उनले भने– “भारतले पनि यसमा आफ्नो प्रतिबद्धता दोहो¥याएको छ ।” 
–––