🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फेसबुकको भर्चुअल दुनिया : अमेरिकी संसदमा गरमागरम वहश 

झण्डै एक दशक भएछ फेसबुकको सञ्जालमा जोडिएको । यसबीचमा झण्डै २ हजार ९ सय साथी बनाएछु यो सञ्जालमा । देख्छु कतिपय साथीहरुका एक वर्षको बीचमा पाँचहजार साथी बनाउने लिमिट पनि नाघेर दुईवटा एकाउन्ट खोलेको अनि फ्यानपेज बनाएर स्वघोषित रुपमा ठूलाबडामा दर्ज भएकाहरु ।

फेसबुकमा साथी बनाउने मेरा तीनवटा मापदण्डहरु छन् । पहिलो, दोहोरो चिनजान भएका र स्पष्ट पहिचान खुल्ने प्रोफाइल पिक्चर भएकालाई मात्र साथी बनाउँछु । त्यसो गर्दा ती व्यक्तिले राखेका आफ्ना स्टाटसलाई मिहिन ढंगले केलाउँछु । 

मेरो दोस्रो मापदण्ड हो–‘जय पशुपतिनाथ’, ‘अकेला बाबु’, ‘बाबाको च्यान्टी’, ‘हरिओम तत्सत’ जस्ता नाम राखेर दुनियालाई उल्लु बनाउन खोज्नेलाई म साथी बनाउँदिन । त्यस्तालाई मैले धेरै पटक रिजेक्ट हानेको पनि छु ।

तेस्रो, म नचिनेको, म्यूचुअल फ्रेण्ड पनि नभएकालाई एसेप्ट गर्दा पनि गर्दिन र रिक्वेस्ट त पठाउँदा पनि पठाउन्न । 

तपाईलाई विश्वास लाग्दैन र पहिचान खुलाउन इच्छा छैन भने फेसबुकको भर्चुअल दुनियामै नआउनुस् । तर यसमा आइसकेपछि र साथी बनाउन चाहनुहुन्छ भने स्पष्ट पहिचान खुलाउनुस् ।

यतिखेर फेसबुकको प्राइभेसी (गोपनियता) र डाटा (वैयक्तिक) विवरणको विषयलाई लिएर अमेरिकी संसदमा निकै गरमागरम वहश भैरहेको छ । हिजो र आज फेसबुकका सिइयो मार्क जुकरवर्गले संसदको इनर्जी एण्ड कमर्स कमिटीमा कंग्रेसम्यानहरुको जिज्ञासाको जवाफ दिइरहेका छन् । 

कंग्रेसम्यान (सांसद) हरुले असाध्यै जेन्यूइन चासो र जिज्ञासाहरु उठाएका छन् । जुकरवर्गले पनि शालिन र संयमित रुपमा जवाफ दिइरहेका छन् । कतिपय कुराहरु जुकरवर्गलाई पनि जानकारी नरहेको र उनले त्यसलाई सुधार्ने वचन दिएका छन् । 

फेसबुकको प्रयोग सोचेजति सरल पनि छैन । तपाइका हरेक सर्च, डाटाहरुलाई फेसबुकले नजानिदो हिसाबले लिइरहेको हुन्छ । जस्तो कि– तपाईले अमेजन वा कुनै अनलाईन शपिङ साइटमा गएर कुनै प्रोडक्ट हेर्नुस् । केहीबेरमै तपाईको फेसबुकमा ती र त्यस्तै प्रोडक्टका बारेमा सुझाव आइरहेको हुन्छ । कुनै वेवसाइट नियमित भिजिट गर्नुहुन्छ भने त्यसको पनि सुझाव आइरहेको हुन्छ । तपाई डाटा अनभएको सेलफोन लिएर कुनै ठाउँमा जानुभएको छ भने त्यो ठाउँको बारेमा पनि तपाईलाई ट्रयाक गरेर सुझाव दिइरहेको हुन्छ । 

फ्लोरिडाबाट निर्वाचित डेमोक्रेटिक दलकी सांसद Katherine Anne Castor ले यो विषयलाइ अझै गहन रूपमा उठाएकी छिन् । उनले जुकरवर्गलाइ सोधेकी छिन्-'फेसबुकमा अावध्द नभएकाहरूमा समेत डाटा लिइएको कुरा सत्य हो ?' जुकरवर्गले भने-यो अांशीक सत्य हो ।

अर्थात मानिसको गोपनियतामा यसले केही खुकुलोपन अवश्य बनाइदिएको छ । 

तपाईहरु पनि जुन पायो त्यही पेजलाई लाइक गर्ने, कमेन्ट गर्ने तर्फ अवश्य सचेत हुनुहोला । किनकि  जहाँपायो त्यही पेज लाइक गर्दा साथीभाई, परिवारका अघिल्तिर रातोमुख गर्नुपरेका धेरै उदाहरणहरु छन् । 

सांसदहरुले यसको Algorithm लाई बढी सुरक्षित बनाउनुपर्ने, Privacy र Data सुरक्षामा बढी ध्यान दिन जुकरबर्गलाई आग्रह गरेका छन् । आशा गर्न सकिन्छ–फेसबुकले अब ठूलै सुधार गर्नेछ । एक्काइसौँ शताव्दीको मिडियाका रुपमा चिनिएको फेसबुकको दुरुपयोग होइन, सदुपयोग गरौँ ।