🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री बन्ने र भन्ने वित्तिकै घृणाकाे मनोविज्ञान किन जन्म्याे ?

मन्त्री भन्ने बित्तिकै अब त त्यो मानिस बदमाश हो भन्ने मनोविज्ञान बनिसके छ। किन यस्तो मनोविज्ञान बन्यो होला ?  को मन्त्री बन्यो वा बनेन भन्ने कुरा महत्त्वपूर्ण होइन अब, सोच्नु पर्ने कुरा के हो भने राष्ट्रको राजनीतिमा भ्रष्टाचारको अवस्था कति गंभीर भएछ ! किन मान्छे मन्त्री बन्न दौड्धुप गर्छ नेपालमा ? यस्को उत्तर दिन अब गाह्रो रहेन।

१. नेपालमा पंचायतका ३० वर्षमा मन्त्री हुनु भनेको, त्यो मानिसलाई राजाले चिनेको छ भन्ने अर्थ लाग्थ्यो। अनि के फाइदा हुन्थ्यो र राजाले चिन्दा ? उत्तर सोझो छ, त्यो पदले त्यो ब्यक्तिको साख वा हैसियत ठूलो हुन्थ्यो । त्यसलाई भ्रष्टाचार गर्ने अवसर प्राप्त हुन्थ्यो, सिडियो र अञ्चलाधीशलाई भनेर आफुलाई समर्थन गर्ने पञ्चको संरक्षण गर्न सजिलो हुन्थ्यो। अर्थात् मन्त्री भनेको राष्ट्रको सम्पत्ति, आय, श्रोत, राजस्व आदिमा लुट गर्ने प्रमाणपत्र थियो, त्यसबेला। राजतन्त्रको कन्तबिजोग त्यसैले पार्यो।

२. पञ्चायतको मध्यतिर पढेलेखेका विज्ञहरु मन्त्री बने, र केही विकासका राम्रा अभ्यासहरु देखिए जस्तै पूर्वमा चियाखेती, देशभरी स्कूल कलेज, कृषिमा आधुनिकीकरण, इत्यादि केही हद्सम्म फस्टाए। तर यस्ता विकासले एउटा चुनौती ल्याउँदो रहेछ। त्यो हो मानिसको चेतना । तर पञ्चायत र दरबारलाई त्यो मनपर्दो रहेनछ। पञ्चायतको पछिल्लो समयमा मन्त्री भनेको जोकर हो भन्ने अर्थ लाग्न थाल्यो । र, भ्रष्टाचार गर्ने, चतुर/धूर्त, गंवार र लोकतन्त्रलाई सराप्न जान्ने मन्त्री हुन्छ भन्ने मनोविज्ञान निर्माण भयो ।

संसारमा मिल्ट्री पोसाक र राइफल लिएर मन्त्री हिंडेको देखएको छैन, होला सिरिया लेब्नान जस्ता देशमा होला। अहिले नेपालमा मन्त्री कस्ता कस्ता मान्छे हुन्छ्न देख्नु नै भएको छ। यो सबै राजनीतिमा विचारधाराको पतन, राजनीति ब्यापार र जागिर र लुटन्त्रको प्रेमी प्रेमीका भएको कारणले भएको हो । तपाईंलाई राम्रो देश मनाउने विचार छ भने यो फोहोर बढार्ने चेत खुल्नु पर्छ झोले हुने होइन। 

३. एउटा मन्त्रीमन्डल बन्याे जसप्रति मानिसको श्रद्धा थियो । त्यो मन्त्रीमन्डलले सिङ्गो राष्ट्रको स्वरुपको प्रतिनिधित्व गरेको भान हुन्थ्यो। त्यो मन्त्रीमन्डल २०४७ को अन्तरिम मन्त्रिपरिषद थियो । देवेन्द्रराज पाण्डे, डा. मथुरा श्रेष्ठ, सहाना प्रधान जस्ता र प्र.म. कृष्ण प्रसाद भट्टराईको व्यक्तित्वले सरकारको ओज निर्माण गरेको थियो।

४. अहिलेसम्म आइसक्दा मन्त्रीको पद भनेको लुट्ने, पार्टी र आफ्नो लागि कमिसन लिने, ठेक्काबाट कमिसन लिने, मन्त्रालयको बजेट लुट्ने, आफ्ना नातेदार र झोले कार्यकर्तालाई जागिर दिने, बैठकका नाममा महँगो होटलबाट खानाखाजा मगाएर खाने, हेलिकप्टर चढ्ने, र मन्त्री भएको दुईतीन महिनामा रातो रसिलो देखिन चाहनेले खाने लामो छोटो जागिर हो भन्ने बुझिन्छ।

५. अहिले मन्त्री हुने ले केही अर्थ बताउछ। मन्त्री हुने मानिस प्रधानमन्त्रीको गुटको नजिकको मानिस हो, त्यो पार्टीभित्र सेटिङ्ग मिलाएर ब्यापारीबाट कमिसन लिन सिपालु छ, त्यसले पार्टीलाई ठूलो चन्दा दिएको छ, त्यस्को विदेशीसङ्ग लेनदेन तथा बसउठ छ, त्यो विदेशीको जासुस हो, त्यो भ्रष्ट हो, र लम्पट छ भन्ने बुझिन्छ । एकाद मानिस यसभित्र मूल्यमान्यता बोक्ने झुक्किएर पर्लान तर अधिकांश चाकडी, सेटिङ्ग, नेताको बाध्यताबाट आउँछ्न।

६. मन्त्री हुन हुन चाहनेले जे पनि गर्छ । के के गर्छ ? अनेक नामका संगठनका मुस्तन्डको प्रयोग गर्छ दवाव निर्माण गर्न, पार्टीभित्र नेताको भन्सुन गराउँछ, चन्दा दिने कमिसनखोर ब्यापारीबाट लबिङ्ग गराउँछ, दोग्ला बुद्धिजीवी र विकाउ पत्रकारको सहयोगले दवाब सिर्जना गर्छ र पार्टीभित्र आफै गुटको प्रतिनिधित्व गर्छ। यस्ता मानिसले गर्ने मकारीको सीमा हुँदैन।

७. यिनै कुरा अहिले जनताले बुझेका मन्त्रीका चेहरा हुन । मन्त्री हुनु राजनीतिको एउटामात्र लक्ष हो । भोटमाग्दा नै मैले जिते भने मेडिकल कलेजको लाइसेन्स, कयासिनो लाइसेन्स, होटलको लाइसेन्स, एयरलाइन्सकाे लाइसेन्स, पल्टिङ्गका लागि सार्वजनिक जग्गा दर्ता अनेक कुराको भरोसा दिएर चन्दा लिएको हुन्छ । त्यो ब्यक्ति मन्त्री हुन्छ जो माफियाबाट पालित पोषित र समर्थित हुन्छ।

केही समय पहिला चीनको एउटा काउन्टीबाट डेपुटीहरुको निर्वाचन हुँदा केहिले आफ्नो जीत सुनिसश्चित गर्न प्रत्यासीलाई पैसा दिएर उम्मेद्बारी नदिने बनाएछ्न ।

एउटाले त्यसो गरेपछि अर्को पनि त्यसै गर्न बाध्य भएछ। चिनिया भ्रष्टाचार उन्मूलन ब्युरोले जाँच गर्दा ३०/४० जना यस्ता डेपुटी फेला पारेछ। केही जेल गए, केहिले मृत्यू दण्ड पाए।

जापानमा एक जना प्राध्यापकले एउटा लेख लेखे एउटा मन्त्रीले राजीनामा दियो, डेनमार्कमा कानूनमन्त्रीले भने मेरो त साइकल मात्र छ गाडी छैन, म आफैले त्यहाँको प्रधानमन्त्री ग्रोसरीमा खानेकुरा किन्न आएको देखें, संसारमा मिल्ट्री पोसाक र राइफल लिएर मन्त्री हिंडेको देखएको छैन, होला सिरिया लेब्नान जस्ता देशमा होला।

अहिले नेपालमा मन्त्री कस्ता कस्ता मान्छे हुन्छ्न देख्नु नै भएको छ। यो सबै राजनीतिमा विचारधाराको पतन, राजनीति ब्यापार र जागिर र लुटन्त्रको प्रेमी प्रेमीका भएको कारणले भएको हो । तपाईंलाई राम्रो देश मनाउने विचार छ भने यो फोहोर बढार्ने चेत खुल्नु पर्छ झोले हुने होइन। नेपाल जिन्दावाद ।

https://www.facebook.com/yubaraj.sangroula.7