🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पछिल्लाे अपडेट : कामपामा स्वतन्त्र उम्मेदवार बालेन साह लगभग १९ हजार मतले अगाडि(chart हेराैं)

काठमाडौँ, १० जेठ : काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले  रातिकाे मत गणनाकाे नतिजा अनुसार,  ४७ हजार ३५४ मत प्राप्त गरेका छन् । याे मतकाे साथै साहले अग्रस्थान कायमै राखेका छन् ।  जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २८ हजार ४३३ मत प्राप्त गरेकी छिन ।

\"\"

(पछिल्लाे पटक सार्वजनिक भएकाे काठमाडाैं महानगरकाे मतकाे अवस्थाकाे अनाैपचारिक चार्ट)

  यसैगरी तेस्राे स्थानमा झरेका नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले  २७ हजार ६१०९ मत ल्याएका छन भने सुमन सयामी ६,६४३ ले ल्याएका छन् । उपप्रमुखमा सोही पार्टीकी उम्मेदवार सुनिता डङ्गालले सबैभन्दा बढी ४५ हजार ८७५ मत ल्याएर अग्रस्थानमा रहेकी छिन्  ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन् । १,३८,८८२ (७३%) मत गनिसकिएकाे खबर छ ।

गन्न बॉकी ५२,१७३ (२७%) मत मात्र  गन्न बॉकी रहेकाे जानकारी हुन आएकाे छ ।  महानगरपालिका प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

 अहिले वडा नं १३, १४, १५, १६, १८, २०, २१ र २२ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० , ११,  १२, २३, २४, २५, २६ २७, २८, २९ ३०, ३१ र ३२  को मतपरिणाम सार्वजनिक भइसकेको छ ।