🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युद्धग्रस्त देश युक्रेन विश्वकप नजिक

काठमाडौं, १९ जेठ : स्कटल्यान्डलाई ३–१ ले हराउँदै  युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल २०७९ जेठ २२ गते आइतबार राति कार्डिफमा हुनेछ ।

स्कटल्यान्डको हाम्पडेन पार्कमा  युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए ।

यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।

कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर माहादेशीय छनोटबाट  अब वेल्स र युक्रेन, अष्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।

न्युज कारखाना