🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृहद्वारा बर्दिया घटनाको छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्ने  

काठमाडौं  । गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।  गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । 

‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् । 

घटनाअनुसार सोमबार विहान ८ः५० बजे बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं. २ सोनाहा बस्ने अन्दाजी वर्ष ४१ की अस्मिता थारुलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । घाइते अस्मितालाई उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको थियो ।

त्यसपछि बाघको आक्रमण नियन्त्रण गरिनु पर्ने, तारजालीको व्यवस्था हुनु पर्ने लगायतका विभिन्न माग राखी स्थानीयहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले हुलाकी सडक–खण्डमा अवरोध गरेका थिए । 

दिउँसो ३ः४५ बजे बर्दिया राष्ट्रिय निकुञ्जबाट रेजर र सुरक्षाकर्मी सहितको टोली बाघ नियन्त्रणको लागि घटनास्थलतर्फ खटिएको थियो । सुरक्षाकर्मीहरुबाट अवरुद्ध राजमार्ग खुलाउनका लागि आवश्यक समन्वय भइरहेको अवस्थामा बेलुका ६ः१५ बजेतिर आक्रोशित भीडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो । 

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याँस प्रयोग गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि हवाई फायर खोल्ने क्रममा स्थानीयवासी दुलारे थारुको छोरी नबिना थारुलाई गोली लागेको थियो । घाइते नबिनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । 

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी २० जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइते एक जना स्थानीयवासीको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ । सोही घटनाको छानबिन गर्न गृहले आजा छानबिन समिति गठन गरेको हो ।