🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘शान्ति प्रयास’ अभ्यासमा, २२ राष्ट्रका सेना सहभागी हुने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा संचालन गर्ने भएको छ । 

शान्ति स्थापनार्थ सहभागी हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना हुने विभिन्न राष्ट्रका सेना सहभागी हुने सो अभ्यास फागुन ८ गतेबाट  सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो । 

अमेरिकाको ग्लोवल पीस अपरेसन इनिसियटीभको सहयोगमा संचालन हुने चौथो संस्करण फागुन २१ गतेसम्म सञ्चालन हुने छ । अभ्यासमा नेपालसहित अमेरिका,अस्ट्रेलिया लगायत २२ देशका सेना सहभागी हुने सेनाले जनाएको छ । 

यसअघि सन् २००० मा नेपालमा पहिलो पटक शान्ति प्रयास सैन्य अभ्यास भएको थियो । सन् २०१३ मा भएको दोस्रो सैन्य अभ्यासमा २३ राष्ट्रका ८ सय ५० र सन् २०१७ मा २९ राष्ट्रका ११३५ सेना सहभागी भएका थिए ।
 

\"\"