🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमतीलाई सुन्दरी बनाउन खोज्दा…!

 आफ्नी श्रीमतीलाई श्रीमानहरूले खासै मायाँ गर्दैनन् भन्नेका लागि यी व्यक्ति उदाहरण बन्न सक्छन् । यी पत्नी प्रेमी श्रीमानको कार्य गलत त थियो नै तर यो उनको श्रीमतीको लागि थियो । हो, भारतको छत्तीसगढका यी व्यक्तिले आफ्नो श्रीमतीलाई ब्यूटी कम्पिटिशनमा जिताउनका लागि कपडाको शो रुमबाट साडी चोरी गर्न बाध्य भएका थिए । श्रीकान्त नाम गरेका ३२ बर्षका ती व्यक्तिले आफ्नो श्रीमतीलाई स्थानीय ब्यूटी कम्पिटिशनमा जिताउन एउटा कपडाको शो रुममा छिरेर साडीहरू चोरेका थिए । त्यही चोरिएको साडी लगाएर उनकी श्रीमती प्रमिला कम्पिटिशनमा पुगेपछि यो कुरा बाहिर आएको थियो । पछि कपडा शो रुम मालिकले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । अझ गजबको कुरा त के छ भने, श्रीकान्त एक सरकारी शिक्षक हुन् । प्रहरीले अहिले श्रीकान्तलाई सोधपुछका लागि पक्राउ गरेको खबर छ ।