🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोह नै पक्राउ

काठमाडाैं । २०७९ असार २३ गते राति काठमाण्डौ महानगरपालिका वडा नं. १ नक्साल नागपोखरीस्थित सन्तोषी माताको मन्दिरको ताल्चा फोडी सुन तथा चाँदीका १०/१२ लाख रूपैयाँ बराबरको गरगहनाहरु चोरी भएको सूचना प्रहरीले प्राप्‍त गरेपछि खाेजतलास सुरू गरेकाे थियाे ।


   प्रहरीले सूचना प्राप्‍त गरे लगत्तै जिल्ला प्रहरी परिसर काठमाण्डौं तथा प्रहरी बृत्त मालिगाउँबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालित भई मन्दिरमा पुगी अनुसन्धानका विविध विधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवं चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको थियाे ।

अनुसन्धानकै क्रममा  २०७९ साउन १ गते जिल्ला प्रहरी परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटना घटाई फरार रहेका निम्न ब्यक्तिलाई सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना लगायतका सामाग्रीसहित नियन्त्रणमा लिइएको प्रहरीले विवरणसहित २०७९ साउन २ गते जानकारी दिएकाे छ ।

क) पक्राउ परेका ब्यक्तिहरु:

१. जिल्ला सिन्धुपाल्चोक चौतारा घर भई हाल  का.जि. गौरीघाट बस्ने बस्ने वर्ष १८ की सबिना पराजुली ।

२. जिल्ला गुल्मी मुर्साकोट न.पा. २ घर भई हाल का.जि. खरिबोट बस्ने बस्ने बर्ष २५ को विष्णु पछाई ।

३. जिल्ला सर्लाही लालबन्दी न.पा. १६ घर भई हाल का.जि. गौरीघाट बस्ने बस्ने बर्ष २० को सिद्धार्थ बुढाथोकी ।

ख) बरामद गरगहनाहरू

१.  सुनको तिलहरी थान-१ ।
२.  चाँदीको करुवा थान-२ ।
३. चाँदीको सिसा दानी थान-१ ।
४. चाँदीको चुकुन्दा थान-१ ।
५. चाँदीको ऐना थान-१ ।
६. चाँदीको मुकुट थान-१ ।
७. चाँदीको पाता थान-२ ।
८. चाँदीको दियो थान-५ ।
९. चाँदीको गिलास थान-२ ।
१०. कचौरा थान-४ ।
११. चम्चा ३ थान ।
१२. अर्घ थान- १ ।
१३. चाँदीको दियो बाल्ने  थान-११ ।
१४. चाँदीको लकेट थान-१ ।
१५. चाँदीको माला थान-२ ।
१६. चाँदीको बथनी थान-१ ।
१७. विभिन्न सिक्काहरु थान- १३४ ।

   उक्त घटनाको सम्बन्धमा उल्लिखित दशी प्रमाणसहित पक्राउ परेका  प्रतिवादीहरुलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँका सम्बन्धी कसूरको देहाय  २४१ ‘चोरी गर्न नहुने’ कसुरमा  काठमाण्डौ जिल्ला अदालतबाट दिन-७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त, मालीगाउँबाट थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।