🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा लाखौ मूल्यको तस्करीका विभिन्न सामान बरामद

काठमाडौं,  बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवाबाट साउन १ गते सशस्त्र प्रहरीले करीव २ लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

        यसैगरी महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका २ स्थित टेङ्गरबाट साउन १ गते सशस्त्र प्रहरीले करीव १ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोकिराना सामान बरामद गरेको छ ।  ज १ ह ५१०३ नम्बरको अटोमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी पोखरभिण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त अटो समेत बरामद गरिएको छ ।

        त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले साउन १ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको औषधि बरामद गरेको छ ।  भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरीले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

        यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते करीब १ लाख १९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

   भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा ईलाम जिल्लाको सूर्योदय नगरपालिका २ चारमाईल स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

        त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट खटिएको सशस्त्र प्रहरीले साउन २ गते रौतहट जिल्लाको गरुडा नगरपालिका १ जयनगरबाट करीब १ लाख ३ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ । बरामद सामानहरु आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।