काठमाडौं । नेपाली सेनाका केही उपरथी र सहायकरथीहरूको सरुवा सिफारिस भएको खबर छ । सरुवा भएका दुई तारे र एक तारे जर्नेलहरू जो नेतृत्वका नजिक मानिन्छन्, उनीहरूले सैनिक सहचारीका साथै बाहिनीको कमाण्ड गर्ने अवसर समेत पाएका छन् । दुई तारे जर्नेल केहीलाई घर जाने केही महिना अघि मालदार अड्डाको कमाण्ड गर्ने अवसर पनि सेनाको नेतृत्वले दिएको छ । त्यस्ता भाग्यमानी दुई तारे जर्नेल मध्येका एक हुन्, मध्यपश्चिम प्रितनापति शम्सेर ठकुराठी । जर्नेल ठकुराठीको स्थानमा देवेन्द्र मेघासीलाई पठाउने तयारी गरिएको थियो । तर, जर्नेल मेघासी ढाडको समस्याले ग्रस्त भएकाले उनकै अनुरोधमा त्यहा“ सरुवा नगरिएको बताइन्छ । नेपाली सेनाभित्र मालदार अड्डा मानिने प्रबन्ध रथी विभागको कमाण्ड गर्ने अवसर पाएका ठकुराठी केही महिनापछि अवकासको लाइनमा रहेको सैनिक स्रँेत बताउछ । राशन, पेट्रोलियम पदार्थ र कल्याणकारी बजेट अन्तरगत सेनाका विभिन्न निर्माण कार्यमा संलग्न रहेको स्थपति विभाग समेत हाल प्रबन्धरथी विभागमा पारिएको छ । स्थपति विभाग यस अघि इन्जिनियर विभागको कमाण्डमा रहेको थियो । इन्जिनियर विभागका प्रमुख योगेन्द्र खा“डको नेतृत्वमा स्थपति निर्देशनालय रहन नचाहेपछि प्रबन्धरथीमा हालिएको चर्चा सेनामा हुने गरेको छ । सरुवा हुने दुई तारे जर्नेलहरू प्रल्हाद थापा डीएमआई, समीर शाही सुरक्षा परिषद्, हेमन्त कु“वर अप्रेशन, पूर्वी प्रितना इटहरिमा गौरव टण्डुल, रहेका छन् । प्रधानसेनापति अमेरिका र बेलायतको भ्रमण सकेर फर्केपछि अवधि पुगेका अन्य जर्नेलहरूको सरुवा हुने गरिने तयारी गरिएको छ ।




