🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थ्रीस्टारको हात पर्यो  माइभ्याली गोल्डकपको उपाधि 

मंगलबारे, इलाम, १७ वैशाख : यहाँ आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबल ललितपुरले जितेको छ । 

आज भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लब काठमाडौँलाई अतिरिक्त समयमा १–० गोलको संघर्षपूर्ण जीत निकाल्दै थ्रीस्टारले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल टुङ्गिएपछि अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा थ्रीस्टारका सुनिल बलले गोल गरी टोलीलाई उपाधि दिलाए । 

जीतसँगै थ्रीस्टारले रु छ लाख ६६ हजार ६६६ र ट्रफी पायो । मनाङले भने रु चार लाखमा चित्त बुझाउनुप¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी उपविजेता मनाङका विराज महर्जन घोषित भए । उनले १५० सिसीको यामाहाको स्कूटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजक माइभ्यालीका मनिष थापा, नेपाल पुलिसका रेजिन सुब्बा तथा एपिएफ क्लबका युवराज खड्का र नवीन लामा घोषित भए । खेल अवधिभर दुई दुई गोल गरेका उनीहरुले जनही रु सात हजार प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक विजेता थ्रीस्टार क्लबका एलन न्यौपाने घोषित भए । उनले रु १५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर विजेता थ्रीस्टारका पिटर, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारकै सुनिल, उत्कृष्ट फरवार्ड थ्रीस्टारकै विदेशी मार्टिन र उत्कृष्ट प्रशिक्षक थ्रीस्टारकै मेघराज केसी घोषित भए । उनीहरुले जनही रु १५ हजार प्राप्त गरे । त्यसैगरी उदीयमान खेलाडी आयोजक माइभ्यालीका दर्शन गुरुङ घोषित भए । उनले रु २० हजार प्राप्त गरे । यही वैशाख ६ गतेदेखि शुरु भएको प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १२ टोलीको सहभागिता थियो । 
–––