🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्याप्टेन बलभद्र कुँवरको स्‍मृति शिलालेख सच्याउन पहल गराैं

  यहाँ फाेटाेमा देखाइएका नेपाली सेनाका क्याप्टेन बल भद्र कुँवरका स्‍मृति अभिलेख भारतको  देहरादुनमा रहेका छन् । ती दुबै अभिलेखमा क्याप्टेन बलभद्रका नाम र थर समेत मिल्दैन। तर, ईतिहासमा भने उनको नाम सही भेटिन्छन् । यी शिलालेखको नाम र ईतिहास को नाम न मिल्दा सोध गर्ने ( Researcher ) हरुमा ठुलो समस्या परेको  मैले भेटें ।

  क्याप्टेन बलभद्रलाई जात थापा दिइएको छ। त्यो  सरासर गलत हो। नेपाली सेनाकाे इतिहास अध्ययन गर्नेहरका लागि उनी कुँवर भएको कुरो सबैलाई थाहा छ । हो, उनी बडाकाजी अमरसिंह थापाको छोरी पट्टीका छोराका नाति हुन।

  देहरादुनमा धेरै नेपालीहरू बसाेवास गर्छन । तिनको समेत सहयोगमा नेपाल सरकारले ती शिलालेख भएको छेउमा अरु  पुरक नयाँ शिलालेख राख्ने अनुमति मागेर बल भद्रको सही दर्जा, नाम र जात लेखिनु पर्छ । पुरातत्वको नियमले पुरानो अभिलेखलाई संशाेधन गर्न पाइँदैन।

  देहरादुनमा भारतीय गोर्खा सेनाका धेरै नेपाली बस्ने भएकोले उनीहरुकै सहयोगमा यो काम हुन सक्छ। यसका लागि नेपाल सरकार, नेपाली सेनाले भारतीय राजदुताबासलाई औपचारिक रूपमा नै अनुरोध गरेर ती  नेपाली सेनाका वीर क्याप्टेन बल भद्र कुँवरका स्‍मृति अभिलेख  जाे अपुरा र  बिग्रेका छन् ती, नाम-थरका पुरक शिलालेख राखेर सच्याउन सकिन्छ ।

यसका लागि नेपाल सरकार, रक्षा, पर्राष्ट्र मन्त्रालय  र नेपाली सेनाले पहल गरेर ती वीर  क्याप्टेन बल भद्र कुँवरका स्‍मृति अभिलेख  सच्याउन जाे जहाँ रहेका छाैं, सबैले पहल गराैं ।

संक्षेपमा बलभद्र कुँवर जीवनी

बलभद्र कुँवर (१८४५ माघ १७ – १८७९ चैत्र २८) काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा अङ्क ६ भमरकोट मा जन्मिएका हुन। नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए। उनी नेपालका एक राष्ट्रिय विभूति हुन्।

उनका हजुरबुबाको नाम जयकृष्ण र पिताको नाम चन्द्रवीर कुँवरका छोरा थिए। उनी अमरसिंह थापाका नाती तथा काजी रणजोर थापाका भान्जा हुन। बि.सं १८७१ देखी १८७२ को बीचमा चलेको नेपाल अङ्ग्रेज युद्ध पछि उनी प्रसिद्ध भएका थिए ।
प्रेम