🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फुटबलको कालो बादल हट्यो !  एन्फा अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ, २२ वैशाख  : अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन्  । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा २२ वैशाखमा भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका छन्  । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका  थिए  । 

साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भएका छन्  । 

सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए । 

साधारणसभाको आजै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए  । 

यसअघि गत चैत ११ मा तय भएको साधारणसभा उच्च अदालत, पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो । 

त्यतिबेला ‘कार्यसमितिको निर्वाचन रोक्न माग गर्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेकोमा ती जिल्लाको विवाद समाधान भएकाले २०७५ वैशाख  २२ गते  निर्वाचन सम्पन्न भएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन सम्पन्न भएको र निर्वाचनबाट नयाँ नेतृत्व निर्वाचित भएकोमा खुसियाली व्यक्त गर्दै नेपाल ओलम्पिक कमिटीका सभापति जीवन राम श्रेष्ठ भनेका छन्–''नेपाली फुटबलमा देखिएको कालो बादल हटेको छ । नवनिर्वाचित नेतृत्व र टिमलाई हार्दिक बधाई।''