🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश नं ७ को अध्यक्षमा शाह, जित प्रेस चौतारीकै

बैतडी, २३ बैशाख : नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को ऐतिहासिक पहिलो प्रदेश निर्वाचनबाट अध्यक्षमा अर्जुन शाह निर्वाचित भएका छन् । 

शाहले ३७९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी हरि जोशीले २६२ मत प्राप्त गरे । शाहले ११७ मतान्तरले जोशीलाई पराजित गरे । 

बैतडीमा ४५ मत खसेकामा शाहले ३२ तथा जोशीले १३ मत प्राप्त गरे । दार्चुलामा ३९ मत खसेकामा शाहले नौ र जोशीले ११ मत प्राप्त गरे भने १९ मत बदर भएका छन् । 

डडेल्धुरामा शाहले २४ तथा जोशीले ३५ मत प्राप्त गरे । बझाङमा ३७ मत शाहले तथा चार मत जोशीले प्राप्त गरे । डोटीमा शाहले १८ तथा जोशीले २२ मत प्राप्त गरे ।

अछाममा शाहले ५३ तथा जोशीले २७ मत प्राप्त गरे । बाजुरामा २७ मत शाहले प्राप्त गर्दा जोशीले १८ मत प्राप्त गरे । कैलालीमा १०० मत शाहले प्राप्त गर्दा जोशीले ४३ मतमात्रै प्राप्त गरे ।

कञ्चनपुरमा शाहले ७९ मत प्राप्त गरे भने जोशीले ८९ मत प्राप्त गरे । प्रदेश नं ७ मा अरु पदका लागि भने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको सहमतिमा निर्विरोध निर्वाचित भएका थिए । 

अध्यक्ष पदका लागिमात्रै भएको निर्वाचनमा दुबै प्रेस चौतारीका उम्मेदवार हरि जोशी र अर्जुन शाह भिडेका हुन् । प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर तीनवटै संगठनले देशभरका सबै प्रदेश, उपत्यका र एशोसिएट कमिटीमा भागबण्डा गरेका थिए ।