🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।  

शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले 'कुन मुख देखाएर' जनतासँग भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् । 

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, 'आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो ।

आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।'
न्युज कारखाना