🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्रमा बुट काण्ड

काठमाडौं । सशस्त्र प्रहरी बलले अघिल्लो बर्ष खरिद गरिएका ३५ हजार जोर डीएमएस बुट गुणस्तरहीन भएपछि अस्वीकृत गर्ने निर्णय गरेको छ । जसका कारण सशस्त्र प्रहरीले गतबर्ष त पाएनन् नै यो बर्ष पनि बुट लगाउन नपाउने भएका छन् । क्वालिटी सेक्युरिटी कम्पनीका केदार गेलालले बुट आपूर्तिको ठेक्का पाएका थिए । उनलाई बुट बुझाउन २०७४ असार २२ सम्मको समय दिइएको थियो । उनले म्यादभित्रै बुझाए । सामान बुझाएपछि तीन पटकसम्म टेष्ट रिपोर्ट फेल भयो । सशस्त्र प्रहरी बलका केही जवानलाई टेष्ट गराउ“दा तीन दिनमै बुट च्यातिएपछि धरौटी जफत गर्ने प्रक्रिया अगाडि बढाउन लागेको समाचार छ । भारतमा उत्पादित बुट सप्लाई गरेका गेलालले सशस्त्रका आइजीपी सिंहबहादुर श्रेष्ठ र आर्थिक प्रशासनका प्रमुख नगेन्द्रबहादुर थापालाई मिलाउन खोजे पनि विगतमा सामान खरिदमै चार संगठन प्रमुख भ्रष्टाचार आरोपमा निलम्बनमा परेकाले स्वीकृत गर्न हच्किएको समाचार छ ।

यसैबीच, ५ बर्षदेखि सशस्त्र प्रहरी बलको कर्मचारी प्रशासन प्रमुख रहेका होम ज्ञवालीले हवल्दारको सरुवा र पदस्थापनमा समेत राम्रो ठाउ“मा पारिदिन्छु भनेर शुभलाभ लिएको आरोप छ । सशस्त्र प्रहरी बलले २०७४ असार १८ गते ११६१ बरिष्ठ हवल्दार, ९ सय ५० हवल्दार र ३०७३ सहायक हवल्दारको सरुवा गरेको थियो ।  ज्ञवालीले प्राविधिक हवल्दारको सरुवामा समेत असुली गरेको आरोप छ ।

 सीमा सुरक्षा कार्यालय वा अन्तर्गतका बोर्डरआउटपोष्टमा सरुवा हुन चाहनेहरूस“ग  असुली गरेको बुझिएको छ । सशस्त्रमा बढीमा २ बर्षमा सरुवा हुन्छ । तर कर्मचारी प्रशासनका होम ज्ञवाली कोषराज वन्तका पालादेखि सिंहबहादुर श्रेष्ठसम्मका विश्वासपात्र भएर ५ बर्षसम्म सरुवा नहुने भाग्यमानी डीएसपी हुन् । सरुवामा असुलीमा सिपालु भएकाले उनलाई दुर्जकुमार राईदेखि सिंहबहादुरसम्मले सरुवा नगरी राखेको चर्चा एपीएफभित्रै हुने गरेको छ । कानूनका डीएसपी युवराज अर्याल पनि वन्तकै पालादेखि कार्यरतमध्येमा पर्दछन् ।