🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचन आयोग र राससबीच सहकार्यको सम्झौता

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा प्रभावकारीरूपमा समाचार सामग्री सम्प्रेषणका गर्ने विषयमा निर्वाचन आयोग र राष्ट्रिय समाचार समिति (रासस) बीच आज सम्झौता भएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा आयोगका सहसचिव एवं निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुुर श्रेष्ठ र राससका महाप्रबन्धक सिद्धराज राईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताबमोजिम राससले १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचनसम्बन्धी समाचारहरू नियमित सम्प्रेषणका साथै आलेख, खोजी समाचार, तस्बिर र भिडियोहरू सन्तुलित र प्रभावकारीरूपमा सङ्कलन र सम्प्रेषण गर्नेछ । निर्वाचनका सन्दर्भमा आयोगले प्रदेश र जिल्लास्तरमा आयोजना गर्ने पत्रकारको तालिमका लागि राससले समन्वय गर्नेछ । 

आयोग र राससबीच विगतका निर्वाचनमा पनि यस प्रकारको सहकार्य हुँदै आएको छ । सो अवसरमा राससका प्रसाशन शाखा प्रमुख शीतलकुमार महतो, आयोगका कम्प्युटर अधिकृत सुमन घिमिरेलगायतको उपस्थिति थियो ।–––