🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्य मन्त्रीअपहरणको योजना बनाएको आरोपमा जर्मन महिला पक्राउ

बर्लिन । जर्मनीको प्रहरीले स्वास्थ्य मन्त्रीको अपहरण गर्ने योजना बनाएको भनिएकी अति दक्षिणपन्थी लकडाउन विरोधी समूहको नेतृत्वकर्ता भएको आरोपमा बिहीबार एक महिलालाई पक्राउ गरेको छ ।

यसै वर्षको सुरुमा प्रहरीले ‘हिंसात्मक आक्रमण र अन्य राज्यविरोधी गतिविधिको तयारी’ र स्वास्थ्यमन्त्री कार्ल लाउटरबाखलाई अपहरण गर्ने षडयन्त्र रचेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकर्ताहरुले एलिजाबेथ आर नाम गरेकी पाँचौं संदिग्धलाई पक्राउ गरेको अभियोजनकर्ताहरूले बिहीबार बताएका छन् । सन् २०२२ को जनवरीमा उनीमाथि जर्मनीको प्रजातान्त्रिक संस्थालाई अस्वीकार गर्ने अतिवादी समूहमा सामेल भएको आरोप लागेको थियो ।

यस समूहको मुख्य उद्देश्य जर्मनीमा गृहयुद्धको अवस्था सिर्जना गर्नु र अन्ततः संघीय सरकार र संसदीय लोकतन्त्रलाई अपदस्थ गर्नु रहेको अभियोजनकर्ताहरूले बिहीबार बताएका  छन् । उक्त समूहले राष्ट्रव्यापी ‘ब्ल्याकआउट’को कारण बिजुली सुविधाहरू नष्ट गरेर यो हासिल गर्न चाहेको आरोप लगाइएको छ ।

यस समूहको प्रशासनिक शाखा एलिजाबेथ आर.को अध्यक्षतामा रहेको बताइएको छ, जसले उच्च ओहदामा रहेर योजनाहरू अघि बढाउन र समन्वय गर्न योजनाहरू बनाएको      थियो ।”उनीविरूद्ध नयाँ सदस्यहरू भर्ती गर्ने र हतियार र विस्फोटक पदार्थहरू किन्ने प्रयासमा पनि संलग्न रहेको आरोप लगाइएको छ ।

अभियोजनकर्ताहरूले भनेका छन्, “उनले पटक–पटक योजनाहरूको शीघ्र कार्यान्वयनको माग गरिन् र ठोस समयसीमा पनि माग गरेकी थिइन् ।” गत अप्रिलमा उक्त षडयन्त्रको पर्दाफास भएपछि लाउटरबाखले आफूलाई निशाना बनाइएकाकारण प्रहरी सुरक्षामा राखिएको बताएका थिए ।

स्वास्थ्यमन्त्रीले कोभिड–१९ का उपायहरूको विरोधमा केही प्रदर्शनकारीहरू ‘अत्यधिक खतरा” भएको र ‘राज्य र लोकतन्त्रलाई अस्थिर पार्ने मनसाय’ भएको बताएका छन् ।जर्मनीमा कोरोना भाइरसविरुद्ध गरिएको प्रदर्शनले कहिलेकाहीँ दशौं हजार प्रदर्शनकारीहरूलाई आकर्षित गरेको थियो ।

आन्दोलनले खोपको प्रभावकारिताप्रति शङ्का व्यक्त गर्दै नव–नाजीहरू र अति दक्षिणपन्थी एएफडी पार्टीका सदस्यहरू सहितलाई  व्यापक आकर्षित गरेको थियो । यद्यपि, यस वर्ष भाइरसको प्रतिबन्ध खुकुलो भएसँगै लकडाउनविरोधी प्रदर्शनहरू कम भएका छन् ।–––