🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी सरुवामा गृहमन्त्री नै जिल्ल !

काठमाडौं । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका सदाबहार बडीगार्ड डीएसपी दानबहादुर मल्ललाई महानगरीय बृत्त दरबारमार्गमा सरुवा गर्न गृहमन्त्रालयको निर्देशन अटेर गर्दै उनले उपप्रधानमन्त्री कृष्णबहादुर महराका ज्वाई तिलक भारतीलाई सरुवा गरेका छन् । मल्लमात्र होइन, माओवादी नेताहरुकोबाट सोर्स लगाउने डीएसपीहरु कसैको पनि भनेको ठाउँमा सरुवा नभएको गुनासो छ । माओवादी सुप्रिमो प्रचण्डले गृहमन्त्रीलाई यसबारेमा सोधिसकेको बताइन्छ । गृहमन्त्रालय माओवादीको भागमा छ, तर पार्टीको सिफारिस अनुसार किन प्रहरी अधिकृतहरुको सरुवा भएन भनेर प्रचण्डले गृहमन्त्री  जनार्दन शर्मालाई र्याखर्याख्ती  पारेका छन् । जिल्लाको इन्चार्ज भएर आएपछि फेरि जिल्ला पठाउन नमिल्ने भएपछि प्रचण्डले गृहमन्त्री शर्मालाई मल्ललाई दरबारमार्ग बृत्तमा सरुवा गर्न निर्देशन दिएको चर्चा छ । भारतीलाई रसुवा र मल्ललाई दरबारमार्गमा सरुवा गर्ने सूची गृहमन्त्रालयबाट गएको थियो । तर २०७४ साउन ३२ गते मध्यराति निस्किएको सरुवामा दरबारमार्ग बृत्तमा भारतीको नाम आयो । मल्लले यो कुरा तुरुन्त प्रचण्डलाई बताए । मल्लको सरुवा दरबारमार्गमा नभएपछि प्रचण्ड प्रहरी संगठन कसले चलाएको छ, गृहमन्त्रालय हाम्रो छ, हाम्रो मान्छे किन भनेको ठाउ“मा सरुवा हुदैन भनेर गृहमन्त्रीसंग नै सोधेको स्रोतले बतायो । आइजीपी बनाउन महराले ठूलो सहयोग गरेकाले आइजीपी अर्यालले उनले भनेका केहीलाई ठाउँ  दिएको प्रहरी स्रोत बताउछ । अरु सबै आईजीपी प्रकाशका गुरु उपेन्द्रकान्त अर्यालको निर्देशनमा डीएसपी र एसपीको सरुवा भएको चर्चँ हेडक्वार्टरमा छ ।
 प्रचण्डकामात्र होइन, गृहमन्त्री शर्माले काठमाडौंका बृत्तहरुलगायतका जिल्लामा सरुवा गर्न पठाएका नाम अनुसार आइजीपीले सरुवा नगरेको गृह स्रोत बताउछ । गृहमन्त्रालयले बानेश्वर बृत्तमा सुधीरराज शाहीको नाम पठाएकोमा रवि पौडेल सरुवा भएका छन् । सोह्रखुट्टेमा उपेन्द्रकान्तका निकटक दीपक पोखरेललाई सरुवा गरेका छ्न् । गृहले सोह्रखुट्टेमा अर्कैको नाम पठाएको थियो ।  आभूषण तिम्सिनालाई उपत्यकाको बौद्ध, बालाजुमा सरुवा गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका थिए । तर आइजीपी अर्यालले उपत्यकाको कालापानीका रुपमा लिइने चापागाउ वृत्तमा पठाएका छन् ।  
बुटवल इलाका प्रहरी कार्यालयमा ५ महिनापछि शान्ति मिसनमा जाने डीएसपी पवन भट्टराईलाई पठाइएको छ । भट्टराई पनि उपेन्द्रकान्तकै सिफारिसमा सरुवा भएका हुन् । प्रहरीका डीएसपी सरुवामा प्रकाश अर्यालले उपेन्द्रकान्तको सिफारिसमा गरेका यी केही उदाहरण हुन् । धेरै ठाउमा छाया आइजीपी उपेन्द्रकान्तकै सिफारिसमा प्रकाश अर्यालले सरुवा गरेको चर्चा प्रहरी हेडक्वार्टमा हुने गरेको छ ।