🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यो जर्नेलको चरित्रहत्या चाहिं हैन है !

नेपाली सेनाभित्र हुने शोषण, मनपरीका बारेमा साँघु पत्रिकामार्फत गुनासाहरू प्रकाशित गरेर नेपाल आर्मीका सकद दर्जालाई राहत महसुस गराउँदै आएको हामी आर्मीहरूको प्रिय पत्रिकाका सम्पादकलाई हृदयदेखि नै धन्यवाद । यो पटक पनि हामी पीडित सकलदर्जाले केही गुनासाहरू पठाएका छौं । कृपया प्रकाशित गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । 
 भर्खरै मात्र ७ बाहिनी अड्डाबाट सफल कार्यकाल भन्दै विदाई भएका एकतारे जर्नेल निरञ्जनकुमार श्रेष्ठले एकबर्षको अबधिमा बाहिनीलाई नराम्रोसंग शोषण गरेर गए । सरकारी रकम त कसलाई के थाहा कति आयो भनेर तर प्राईभेट फण्ड पनि स्वाहा पारे । उनको खर्चको कारण कुनै महिना पनि आम्दानी नभई संधै माइनस मात्र भयो रे । घरमा बसेपनि जर्नेलको खर्च उति नै आउने  रहेछ । नयाँ सामान हाल्ने त कुरै छाडौं, सेनाले हालेको ट्रयाकसूट किन्न पनि युनिटको फण्ड झिक्नु प¥यो रे । राशन मनीको पैसा बाँड्न बन्द गरे । ब्यारेकका रुख काटेर मट्टितेल बचाएपनि आम्दानी सबै जर्नेलको निजी आयश्रोत मात्र भयो । यस अघिका जर्नेल गणेश कार्कीले रेगुलर बजेटको सरकारी रकम जति दुरुपयोग गरेपनि प्राइभेट फण्डबाट जवानका लागि सामान ५÷६ पटक हालेका थिए । दशैंमा जवानलाई टीका नलगाई कुकुरलाई चाहिं टीका लगाउने गरेपनि जवानको वेलफेयर हेर्ने गर्थे । निरञ्जन जरसा’बले एक बर्षमा न कुनै सामान हाले न चुनावमा आएको पैसा नै पूरा बाँडे । संगै रहेको शिक्षालयले रु. ३४००। बाँड्दा हामीलाई रु.१४००। मात्र दिईयो । चुनावमा एउटा मात्र गाडीले मध्येरातसम्म मत पेटी बोक्दा अर्को गाडी पठाएनन् । निर्वाचनको डिउटीमा बसेका सेनाले आफ्नो पैसाले खाजा खानु प¥यो । सहायक बाहिनीपति संधै मस्तराम भएपछि कसले रोक्ने यस्ता कुकृत्य । जरसा’बको स्टाफ क्याप्टेन दिपेश घिमिरे म नै सर्बेसर्वा हो जरसा’बले मलाई ल्याएको हो जे परे म गर्छु भन्दै थर्काउने गर्दथें । जर्नेल प्राय तलका गणहरूमा घुमी अनेक लाभलिने गरेको भन्ने पनि सुनियो । उनकी ‘रानी’ (श्रीमती)सा’ब  सेनाको प्रवक्ता जस्तै निकै जान्ने बुझ्ने बाहिनीमा आएर बेलाबेला थर्काउदै हिड्ने अनि लोभी पनि उस्तै । पल्टनमा आएपछि जे जे भेटिन्छ सबै सामान उठाएर घर लैजान पर्ने । तरकारी, चामलदेखि जर्नेलको बंगलाका लागि किनेका सबै सामान बाक्नै पर्ने † कति मात्र किन्ने एकपटक किन्यो अर्को पटक आउदा सबै रित्तै बनाएर लैजाने । यी जर्नेलसंग एक बर्ष बिताउन सारै गाह्रो प¥यो । अरु त के फेमिली क्वाटरमा लगाएका तरकारी काँक्रासम्म टिपेर लाने । पोष्टि¨ भएर जाँदा त बंगलाको तन्ना ब्ल्यांकेट नि बोकेर लग्नु भयो भन्ने सुन्दामा हामी त अचम्मै प¥यौं । यस्ता कुरा सुन्दा पनि  लाज लाग्यो जर्नेलनीको नियत देखेर । 
 हुन त जर्नेललाई पनि थाहा नै होला रानी सा’बको बानी,  भोलि २ तारे भएपछि अझ के के हालत देख्नु पर्ने होला । सेनामा यस्ता जर्नेलले सेनालाई के योगदान गर्लान् । अहिले त शंका लाग्यो कि पिच गर्ने भन्ने सुनेका छौं । यहाँको भित्री बाटो ग्राभेल मात्र भयो कतै जर्नेलकै कारणले त होइन ? त्यसैगरी ब्यारेकको रुख काटेर साउना घर बनाउनु भो । त्यसले जवानहरूलाई के काम आउला र ? त्यो पनि गणहरूसंग बजेट उठाएर खर्च गरियो । फेरि काम गर्ने चाहिं तिनै गणका सिकर्मी आएका थिए । प्राय सामान आफै किनी मनोमानी बिल दिने अनि बोर्डको नाटक गरी हामी बिचरा चुपचाप साक्षी बस्ने † जति राम्रो नराम्रो काम गरेपनि सायद जर्नेल उनका परिवार त पक्कै पनि सन्तुष्ट भएर गए होलान् । बिदाईमा २ तोलाको सुन, अन्य उपहार लिएर जानु भो रे, म्याडम पनि उपहार पाएर अति मख्ख हुनु भो रे । हामीलाई सुविधाभन्दा पनि केबल नाटकीय रुपमा हँसिलो मुस्कान देखाएर विदावारी भए । 
 यो कुरा जर्नेलको कुनै चरित्रहत्या हैन उनीहरूले यस बाहिनीलाई एकवर्षसम्म शोषण गरेको सत्यकथा हो । यी जर्नेल चीफसा’बको नजिकको मान्छे हुन् रे, नत्र उनैले कमाण्ड गरेको बाहिनीमा मनपरी गर्न कसले हिम्मत गर्न सक्छ । बेलायत जाने मौका मिलेछ, राम्रो भो † आशा छ नयाँ आउनु भएका जर्सा’बबाट हामी सकल दर्जाले हिजोको जस्तो त्यस्तो शोषण र बेथिती भोग्न नपरोस् ।                     
–७ बाहिनीका सकलदर्जाहरू