🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरस्वतीसँग यसरी साक्षात्कार गरौं 

\"\"अधिकांश हिन्दूहरूले सरस्वतीलाई व्यावसायिक तालिममा मात्र सीमित राखेका छन्–जो तपाईं स्कूलमा केही सिक्नु हुन्छ, जागिर पाइएला कि भनेर । सरस्वतीलाई बढीमा, कला–नृत्य–संगीत विधासम्म जोडिदिन्छौं हामी । सरस्वतीलाई किताब–कलम र पुस्तकालयहरूसंग जोडिएको हुन्छ, शिक्षाको दायराभित्र पर्छिन् उनी । उनी परोहित र कलाकारसंग सम्वन्धित छिन्, जसरी लक्ष्मी ब्यापारीहरूसँग र दुर्गा (अथवा शक्ति) क्षेत्रीहरूसंग सम्बन्धित छिन् । जे भएतापनि, सरस्वती, खास गरी, पहिचान (वा आत्मज्ञान)संग अधिक नै सम्बन्धित छिन् । 
पहिचानको तृष्णा–हामी वास्तवमा को हौं ? भन्ने । 
 यसै कारणले मनुष्य पशुहरूदेखि भिन्न छन् । जनावरहरूलाई पनि हल्का थाहा छ कि उनीहरू को हुन् भनेर । अथवा, उनीहरूलाई चर्ने क्रममा वा खाद्य श्रृंखलामा आफ्नो स्थान कहाँ छ भनेर जान्नु आवश्यक छ । यदि उनीहरूलाई जीवित रहनु छ भने । एउटा मुसाले यो थाहा पाउनु जरूरी छ कि ऊ एक विरालोको आहार (भोजन) बन्न सक्छ, अन्यथा ऊ बिरालो देखेर भाग्दैन । यसरी नै एक कमजोर सिंहलाई यो जान्नु आवश्यक छ कि ऊ कमजोर छ, अन्यथा उसलाई बलियो सिंहले मारीदिन सक्छ, चाहे आफ्नो क्षेत्र निर्धारण गर्दा होस् वा मादासंग सम्बन्ध बनाउन खोज्दा । (को यौनसाथी, को भोजन र को प्रतिद्वन्द्वी)को ‘पहिचान’ जनावरहरूमा दह्रोसंग स्थपित भएको हुन्छ ।
मानिसमा, यस्तो(को यौनसाथी, को भोजन र को प्रतिद्वन्द्वी)को पहिचान दह्रोसंग स्थापित भएको हुन सक्छ । तर, हाम्रो कल्पनाशीलताले यी सबै कुरालाई फितलो र बेकार बनाइदिन्छ । हामी आफूलाई जे मन लाग्यो त्यसैको रुपमा आफूलाई कल्पना गर्न सक्छौं । त्यसैले त हामी समाजद्वारा हाम्रा लागि सुनिश्चित गरिएका भूमिकाहरूको विरोध पनि गर्छौं (यदि अनुचित लागेमा) । हामी हाम्रो वंशावली (जात र जाति व्यवस्था)द्वारा वा हाम्रो शरीरको जैविक–रचना हेरेर हाम्रा लागि समाजद्वारा निर्धारिण गरिएको कार्य गर्न नमान्न पनि सक्छौं । आफ्ना सपनाहरूलाई पछ्याउने हाम्रो चाहनाले नीति(ीबध) र रीति (tradition) द्वारा निर्धारण गर्न खोजिएका अपेक्षाहरू कमजोर बन्न थाल्दछन् ।
वेदहरूमा ‘वाक’ या भाषणको निरन्तर उल्लेख गरिएको पाइन्छ, र ‘हामी को हौं’ निर्धारण गर्न भाषाद्वारा खेलिने महत्वपूर्ण भूमिकाको पनि उल्लेख पाइन्छ । उदाहरणको लागि, नेपालीमा, हामीसंग सर्वनामहरू छन्, जसले समाजमा हाम्रो खास–दर्जा दर्शाउँछन् (हजुर, तपाईं, तिमी, तँ) यसको अलावा फ्रेञ्चमा (vous, tu) छ, तर अंग्रेजी भाषामा यस्तो छैन । ‘पहिचान’ चिन्नका लागि पनि भाषा, अर्थात् सरस्वतीले महत्वपूर्ण भूमिका निभाएको हुन्छ । अरुले हामीलाई कसरी संबोधित गरे ? हामी अरुलाई कसरी संबोधित गर्छौं ? भनेर ।
पशुलाई भोजन (लक्ष्मी) र शक्ति (दुर्गा) भए पुग्छ ता कि आहारा खान मिलोस्, या यो सुनिश्चित गर्न कि ऊ अरु कसैको आहारा नबनोस् । भोजन र शक्ति बिना, कुनै पनि प्राणि जीवित रहन सक्दैन । सामाजिक विज्ञानमा, लक्ष्मीको अध्ययन ‘अर्थशास्त्र’ (Economics) बन्न जान्छ र दुर्गाको अध्ययन ‘राजनीतिशास्त्र’ (Politics) बन्न जान्छ । सरस्वतीको अध्ययन ‘दर्शनशास्त्र’ 
(Philosophy) बन्न जान्छ ।
कुनै एक समय थियो, जब विज्ञान 
(Science)पनि दर्शनशास्त्रभित्र नै समावेश मानिन्थ्यो । अब यस्तो छैन । आज, विज्ञान भौतिक–पदार्थ र मापन गर्न सकिने (सगुण)मा केन्द्रित भई राखेकोछ, जबकि दर्शनशास्त्रले आफूलाई अलौकिक र मापन गर्न नसकिने (निर्गुण)मा सीमित राखेको छ । हामी ‘आफूलाई’ बुझ्न–जान्नका लागि विज्ञान को अध्ययन गर्दैनौं, विज्ञानलाई ‘गुण–अर्थ वा आत्म–ज्ञान’संग केही लिनु–दिनु छैन् । यो त एउटा तंत्र (प्रविधि) बनेको छ, जसले यो संसारलाई अधिनमा लिन हामीलाई सक्षम बनाउँछ ।
दुनियालाई आफ्नो अधिनमा राख्ने, धन र शक्तिद्वारा आफूलाई पोषण गर्ने यो जुन चाहना हामीमा छ, यो सब भयबाट उत्पन्न भएको हो । त्यसैले, सरस्वती एक ज्ञान पनि हो–दर्शन–जसले हामीलाई यस भयबाट पार पाउन (वा भयवाट मुक्ति पाउन) सक्षम बनाउँछ । बाहिरी संसारको वास्तविक प्रकृतिको सही बुझाईद्वारा र आफूभित्रको वास्तविक प्रकृतिको सही बुझाईद्वारा यो भयवाट मुक्ति पाउने ज्ञानलाई नै ‘वेद’ भनिन्छ । ‘वेद’ ले देखाउँछ कि, भयले नै ‘अहंकार’ उत्पन्न गरेको हो र भयवाट मुक्ति मिले पछि मात्र हाम्रो चेतना विस्तार (ब्रम्ह) हुन सम्भव हुन्छ र हाम्रो वास्तविक प्रकृति (आत्मा)लाई हामी खोज्न सक्षम हुन्छौं, यो नै आनन्द र पूर्ण प्रेम हो ।
संसार आफैले सिर्जना गरेको भएतापनि यो ‘ज्ञान–सिकाउने सरस्वती’नै हो जसलाई बम्ह आफैले बुझ्न सकेनन् । यसको बजाय, ब्रम्ह दुनियालाई नियंत्रणगर्ने पागल–पन देखाउन थाले, आफ्ना भयका कारण । पुराणहरूमा उल्लेख भए अनुसार, यही कारण हो कि भगवान शिवलेले ब्रम्हको टाउको काटिदिए (त्यसैबाट शिवलाई कपाली भनेर पनि चिनिन्छ) । बाँकी हामी सबैका लागि उनी, सरस्वतीले, एकतारे तबसम्म बजाई रहन्छिन् जबसम्म हामीलाई उनको साक्षत्कार हुदैन ।
(देवदत्त पटनायकको यो लेख अंग्रेजी पत्रिका मिड–डेमा २० नोभेम्वर २०१६ मा प्रकाशित भै सकेको छ । उनको अनुमति सहित यस लेखको नेपालीमा (भाव)अनुवाद गरेर यहाँ प्रस्तुत गरिएको हो–सं.)