🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फोहर बिसर्जनमा भएको अवरोध  खुल्यो

नुवाकोट, १८ जेठ (रासस) : ककनी गाउँपालिका–१ र २ ओखरपौवाका स्थानीयवासीले काठमाडौँ उपत्यकाको फोहर बिसर्जनमा पु¥याएको अवरोध सञ्चालन भएको छ । 

काठमाडौँको तीनपिप्लेदेखि फोहर बिसर्जन हुँदै आएको स्थान ओखरपौवाको सिसडोलसम्म भइरहेको सडक कालोपत्रको काम गुणस्तरहीन भएको भन्दै फोहर बोकेर आएका गाडी स्थानीयवासीले काम गुणस्तर बनाउनुपर्ने माग गर्दै आज बिहानदेखि गरेको अवरुद्ध ओखरपौवाको सिसडोल सडक अपराह्नदेखि सञ्चालनमा आएको हो । 

काठमाडाँै महानगरपालिकामार्फत ठेक्का लगाएर तीनपिप्लेदेखि सिसडोलसम्मको करीब नौ किलोमिटर सडकमा भइरहेको कालोपत्र गुणस्तरहीन बनाएकाले सुधार गर्ने प्रतिबद्धता ठेकेदारमार्फत आएपछि सञ्चालन हुन दिएको स्थानीयवासी लालबहादुर बलामीले बताए  । 

कुनै स्थानमा दुई लेनको कालोपत्र भए पनि सबै स्थानमा नभएको भन्दै रोकिएको फोहर ठेकेदार कम्पनीले सबै स्थानमा राम्रो काम गर्न लिखित प्रतिबद्धता जनाएको छ । 

यातायात सञ्चालनमा आएसँगै काठमाडौँबाट फोहर बोकेर आएका २०० भन्दाबढी गाडीले फोहर विर्सजन गरी फर्किएको प्रहरी चौकी ओखरपौवाले जनाएको छ ।