🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोखरेल र बाँस्कोटाको बढुवा : दुई उपप्रम र दुई मन्त्रीद्वारा शपथ ( हेर्नुस् मन्त्रिपरिषदको कार्यविभाजन)

काठमाडौँ, १८ जेठ : नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका  छन्  । 

यसअघि उपप्रधानमन्त्री पोखरेल रक्षामन्त्री मात्रै थिए  भने मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना राज्यमन्त्री रहेका थिए  । यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका हुन्  । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट  प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराइयो  । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो । 

\"\"

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले भण्डारीले आजै यादव र राईलाई मन्त्रीमा नियुक्त तथा बास्कोटालाई राज्यमन्त्रीबाट बढुवा गरिएको हो । नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध हुन । यसअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्दै आएका थिए  । 
–––