🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अयोग्य नोटबाट बनेकाे ब्रिकेट–स्रेडेड बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयाेग्य नोटबाट बनाएकाे ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावकाे आह्वान गरेको छ । चलनचल्तीका लागि अयाेग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकहरूबाट शिलबन्दी निवेदनकाे आह्वान बैंकले गरेकाे हाे ।  

 बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका  विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट–स्रेडेड टुक्राहरू बिक्री गर्ने जनाएको हो ।

\"\"

कुल दुई लाख ७५ हजार केजी ब्रिकेट–स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताहरूबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।