🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् । 

पोखरा विमानस्थलले देशको अर्थतन्त्रलाई सहयोग गर्ने आशा व्यक्त गरेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सरकारले अघि बढाउने बताए । 

गत १२ जेठमा सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन र आवश्यकताअनुसार निजगढको विकल्पमा खोज्न परमादेश दिएको थियो । 

तर, प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थल बनाउने बताएका हुन् ।