काठमाडाैं । मापसे गरी सार्वजनिक सवारी साधन चलाउने ३ जना चालकलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएकाे बताएकाेछ । काठमाडौंको फर्पिङ, नागढुङगा र भक्तपुरको कमनविनायकबाट मदिरा पिएर सवारी साधन चलाउदै गर्दा २०७९ पुस १६ गते शनिबार राति पक्राउ परेका ३ जना चालकलाई पुस १७ गते आइतबार अभद्र व्यवहारमा मुद्दा चलाइएको हाे ।
काठमाण्डौको फर्पिङबाट पुस १६ गते शनिबार पक्राउ परेका ना १ ज ६६ २४ नम्बरको भाडाका टाटा सुमो चालक मकवानपुरको हेटौंडाका २८ वर्षीय मनोज रुम्बा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र व्यवहार मुद्दामा दिन ४ (चार) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको ट्राफिक प्रहरीले बताउकाे छ ।
यस्तै, नागढुङ्गाबाट पक्राउ परेका ना २ ख ८२ १५ नम्बरको भाडाको ट्रक चालक रुपन्देही घर भएका ३९ वर्षीय शैलेन्द्र लोधलाई प्रहरी वृत्त थानकोटबाट अभद्र व्यवहार मुद्दामा दिन ७ (सात) म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
भक्तपुरको कमलबिनायकबाट ना ४ ख ५१२ नम्बरको भाडाको टिपर चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोक घर भएका २४ वर्षीय नबिन मिजारलाई पनि अभद्र व्यवहार मुद्दामा दिन ५ (पाँच) म्याद थप गरी प्रहरी वृत्त जगातीबाट अनुसन्धान शुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
रमाइलोको बहानामा पिएको नशालु पदार्थले मस्तिष्कको सोचाई क्षमतामा ह्रास आउने र सवारी साधनको रफ्तार समेत आंकलन गर्न नसक्ने हुँदा गम्भीर सवारी दुर्घटना हुने जोखिमलाई नकार्न नसकिने भएकाले सम्भावित दुर्घटना रोकथामका लागी रात्रिकालीन मा.प.से चेकजाँचलाई ट्राफिक प्रहरीले तिव्रता दिईएको समेत बताइएकाे छ ।




