काठमाडौं । पुरातत्व विभाग अन्तर्गतको हनुमानढोका दरबार क्षेत्र विकास समितिका कार्यालय प्रमुख अरुणा नकर्मीले कार्यालयको गाडी दुरुपयोग गर्दैआएको आरोप छ । समितिको गाडी प्रमुख नकर्मीका आफ्ना श्रीमानलाई प्रयोग गर्न दिएको आरोप छ । कार्यालय प्रमुख नकर्मीले समितिको बा ८ च ६५४५ नम्बरको गाडी नकर्मीले पतिलाई दुरुपयोग गर्न दिएको स्रोतले बताएको छ । उक्त गाडी ढुक्कैले उनका श्रीमानले नै प्रयोग गर्दैआएका छन् । समितिको कामकाजका लागि दिएको गाडी कार्यालय प्रमुख नकर्मीले श्रीमानलाई प्रयोग गर्न दिएकोबारेमा पुरातत्व विभागमा समेत कर्मचारीले गुनासो गरेका छन् ।
पुरातत्व विभाग अन्तर्गत रहेको हनुमानढोका दरबार समितिको काम समेत उनले प्रभावकारी ढंगले गर्न नसकेको आरोप उनीमाथि छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले समेत उनको काम सन्तोषजनक नभएकोमा पटक पटक सचेत गराउ“दैआएका छन् । भक्तपुरबाट सोर्स लगाएर उनी हनुमानढोकामा सरुवा भएकी हुन् ।




