🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 प्रधानमन्त्री ओलीको  चीन भ्रमण सफलताका लागि पूर्वप्रधानमन्त्रीहरुको शुभ कामना 

काठमाडौँ, ४  असार  : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन्  । 

चीन भ्रमणको तयारीबारे असार ३ गते आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै ओलीले  भने, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” 

पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गरेका थिए  । 

परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटमा ओलीले  भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा प्रवेश गर्ने र चीन– भारतबीचको बढ्दो समझदारीबाट नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे  । आफ्नो आसन्न भ्रमणलाई चिनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगीकार गरेको पनि ओलीले बताए । उनका अनुसार भ्रमणका अवसरमा नेपाल–चीन सीमा क्षेत्रमा थप पाँच नाका खोल्ने समझदारी हुन गइरहेको छ । 

भ्रमणका अवसरमा समझदारी पत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै ओलीले  दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँ मार्ग प्रशस्त हुने अपेक्षा गरिएको बताए  । 

परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणले विगतका समझदारी र सम्झौता कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गरेका छन् । “भ्रमणका क्रममा सहयोगका नयाँ क्षेत्र पनि पहिल्याइने छ, दुई देशबीच ‘कनेक्टेभिटी’का क्षेत्रमा महत्वपूर्ण समझदारी हुनेछ ,” परराष्टक मन्त्री ज्ञवालीले भने  । 

केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी पनि उनले गराए । 

पूर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हित हुने विश्वास व्यक्त गरे ।   उनले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना पनि दिए  । 

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारत बीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताए  । 

त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए  भने अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गरेका थिए। 

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपाल र चीन बीचको बहुआयामिक सम्बन्धलाई महत्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने धारणा राखेका थिए  । 

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चिनिया लगानी भित्र्याउने वातावरण बन्नु पर्ने राय व्यक्त गरेका थिए। 
–––