काठमाडाैं । २०७९ फागुन २५ गते हुन गइरहेकाे राष्ट्रपतिको चुनावको विषयलाई लिएर राप्रपाभित्र विवाद सुरु भएको छ । राजावादी पार्टीले राष्ट्रपतिको चुनावमा भाग लिन नहुने, वहिस्कार गर्नुपर्ने तर्क उठ्न थालेको स्राेत बताउछ ।
मुख्यगरी पशुपति शमशेर राणा समूहका नेताहरुले यस्तो तर्क गरेको बताईएको छ । राप्रपा स्रोतका अनुसार, अध्यक्ष राजेन्द्र लिङ्देनसँग रुष्ट रहेको पक्षले राष्ट्रपतिको चुनावमा भाग लिन नहुने मत राखेको हो ।
अध्यक्ष लिङ्देनसँग राणा र प्रकाशचन्द्र लोहनीलगायतका नेताहरु रुष्ट रहेको छन् । सोही कारण यो समूह राष्ट्रपति चुनवामा भाग लिन नहुने तर्क गरिरहेको छ । तर, अर्को पक्ष चाहिँ संविधान अनुसार सपथ खाएर सांसद र मन्त्री हुने अनि राष्ट्रपतिको चुनावमा भाग नलिने भन्ने कुरा नमिल्ने बताइरहेका छन् ।
राप्रपाभित्र लिङ्देनको काम गरार्ई र निर्णय लिने तरिकाबाट नेताहरु आजित भएको भन्दै विरोध गर्न थालेका छन् । योजनावद्ध रुपमा लिङ्देनले नेताहरुलाई माइनस गर्ने र विरोधी तह लगाउने रणनीति लिने गरेको आरोप लागिरहेको छ ।
त्यसो त, राप्रपाभित्रको विवाद सुरु भएसँगै सरकार छोड्नुपर्ने तर्क पनि उठ्न थालेको छ । प्रधानमन्त्री प्रचण्डले मन्त्रीलाई कारबाही गर्छु भन्दा पनि लुसुक्क परेर बसेको भन्दै राणा, लोहनीमात्र होइन, बुुद्धिमान तामाङ, धवल शमशेर राणालगायतका नेताहरुले पार्टीका कुरा उठाएका थिए । विवादै विवादमा परेका ठेकेदार विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएको विषय पनि विवादमा रहेको छ ।
पाण्डेको सट्टा धवल शमशेर राणा मन्त्री हुने तयारीमा थिए । अन्तिम समयमा लिङ्देनले विवादस्पद ठेकदार पाण्डेलाई मन्त्री बनाउने निर्णय गरेका थिए । उक्त निर्णयपछि पछि पार्टीमा विवाद भइरहेकै छ । त्यही विवाद लम्बिने क्रममा अहिले राष्ट्रपतिको विषयसम्म तानिएको छ ।




