🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रचण्ड : एमालेसँग फेरि पारपाचुके गरेर संकट निम्त्याउँदै ?

  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली राजनीतिका अस्थिर नेताका रुपमा देखिएका छन् । स्वार्थका लागि जस्तोसुकै साथ लिन र दिन तयार देखिएका प्रचण्डले अन्ततः दुई महिना अघि के आधारमा एमालेसँग मिलेका थिए र अहिले के आधारमा कांग्रेससँग मिल्न खोज्दैछन् भन्ने आधार पनि देखिएको छैन । शान्ति प्रक्रियाको १६ वर्षमा सरकार बनाउने र बन्ने खेलमा मात्रै लागेको माओवादी यो बीचका चार वर्षबाहेक हरेक समय सरकारमा रहेको छ ।

माओवादीका मात्रै ५० जनाभन्दा धेरै मन्त्री भएका छन् । ३ पटक प्रधानमन्त्री भइसकेका छन । झन्डै ५० जना प्रदेशमा मन्त्री भएका छन् । अनि, अन्य राजनीतिक पदमा जानेहरुको संख्या पनि उत्ति नै छ ।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राले एक नम्बरमा रामचन्द्र पौडेल र विकल्पमा चाहिं महन्थ ठाकुर, माधव नेपाल, बाबुराम भट्टराई कृष्ण सिटौलाको नाम राष्ट्रपतिका लागि सुझाएर पठाएको बताईन्छ । त्यही सुझाव अनुसार नै अहिले प्रचण्ड राष्ट्रपति बनाउने चलखेलमा लागेका हुन् ।

     सत्तामा गएर मस्ती गर्ने तर माओवादी युद्ध के का लागि थियो भन्ने सामान्य आधारसमेत देखाउन नसकेका प्रचण्डले फेरी सत्ताको काँध फेर्न लागेका छन् । केपी ओलीको काँधबाट शेरबहादुर देउवाको काँधमा चढ्न लागेको प्रचण्डले नेपाली जनताको विकासको चाहनालाई भने त्यही काँध फेराईसँग धुलीसात बनाईदिएका छन् । नेकपाको बहुमतको बेलामा पनि प्रचण्डकै कारण केपी ओलीको सरकार ढलेको थियो । त्यसमा माधव नेपालले साथ दिएका थिए ।

      अहिले पनि माधव नेपाललाई एमालेले राष्ट्रपति दिन्छु भन्दाभन्दै पनि उनी प्रचण्डसँगै मिलेर अस्थिरताको सहायक बन्न पुगेका छन् । माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतले राष्ट्रपतिमा जसरी पनि एमालेको उम्मेदवार रोक्न दबाब दिएको थियो । उनीहरुको सुझावमात्र होइन, पात्रहरुको सूचीको पनि रहेको थियो । त्यही कारणले प्रचण्ड एमाले उम्मेदवार रोक्न लागेका हुन् ।

    चुनावअघि भारत गएर प्रचण्डले दिएको वचनलाई पनि पूरा गर्न अहिले उनी वाम गठबन्धन भत्काउन लागेको चर्चा हुन थालेको छ । भारतीय विदेशसचिव विनयमोहन क्वात्राले एक नम्बरमा रामचन्द्र पौडेल र विकल्पमा चाहिं महन्थ ठाकुर, माधव नेपाल, बाबुराम भट्टराई कृष्ण सिटौलाको नाम राष्ट्रपतिका लागि सुझाएर पठाएको बताईन्छ । त्यही सुझाव अनुसार नै अहिले प्रचण्ड राष्ट्रपति बनाउने चलखेलमा लागेका हुन् ।

   चिनियाँ राजदूतको सुझावलाई भने प्रचण्डले मान्ने गरेका छैनन् । कम्युनिष्टहरु एक हुनुपर्ने र कम्युनिष्ट नेता नै राष्ट्रपति हुनुपर्ने सुझाव दिएका थिए । माधव नेपाल र प्रचण्डलाई एकै दिन भेटेर हिजो त्यही सुझाव दिएको स्रोतहरुको भनाइ छ । स्रोतहरुका अनुसार, ओलीलाई पनि त्यही सुझाव दिएको थियो । तर, ती सुझावलाई प्रचण्ड र माधव नेपालले मानेका छैनन् ।

      प्रचण्ड नयाँ गठबन्धन बनाउने लागेका कारण आज पुरानै पाँच दलको बैठक बस्ने तयारी भइरहेको छ । अबको संभावित समीकरणबारे छलफल हुन थालेको छ । सत्ताको भागबण्डाको प्रयास पुन थालेको छ । राष्ट्रपति र उपराष्ट्रपति कसले पाउने भन्नेमा पनि प्रष्ट चित्र भने बनिसकेको छैन । राष्ट्रपति कांग्रेसले पाएमा उपराष्ट्रपति एस वा जसपामध्ये एउटाले पाउने छ ।

 माधव नेपाल चुनावी प्रधानमन्त्री हुन चाहिरहेका कारणले जसपाले उपराष्ट्रपति पाउने संभावना रहेको छ । त्यसो नभएमात्रै उपराष्ट्रपति माओवादीले पाउने संभावना रहेको बताइन्छ । अस्थिर प्रचण्डले आफ्नो पदबाहेक सबै पद अरुलाई बुझाएर सत्तामा बस्ने देखिएको छ ।

    यस्तो सबै परिस्थितिमा एमाले प्रचण्डलाई दिएको समर्थन कायम राखेर सरकार नछोडे के हुन्छ भन्ने अवस्थामा देखिएको छ । एमालेभित्र एउटा मत यस्तो पनि रहेको छ । सरकार किन छोड्ने भन्ने मतमा  रहेको एमाले बलियो भएमा प्रचण्ड पनि अप्ठ्यारोमा पर्नेछन् ।  एमाले मन्त्री हटाउन सक्ने अवस्थामा भने प्रचण्ड रहने छैनन् ।

     अनि सरकार व्यवस्थापनमै प्रचण्डले केही महिना सकसमा विताउनेछन् । जसले गर्दा उनी काम गर्न नसक्ने प्रधानमन्त्रीको रुपमा देखिने संभावना पनि बढेको छ । प्रचण्डकाे अन्तिम कार्यकाल झनै कमजोर र विर्सजनलायक बन्ने खतरा पनि प्रचण्ड स्वयम् ले सिर्जना गर्दैछन् । जसले गर्दा आगामी निर्वाचनमा प्रचण्डकाे दल दस सिटमा सीमित रहेन अवस्थामा पुग्ने छ।