🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ पार्टी बनाउँदै हृदयेश ? 

काठमाडौं । राजपा गठनमा असन्तुष्ट नेता हृदयेश त्रिपाठी अहिले नयाँ पार्टीको तयारीमा लागेका छन । तत्कालीन एमालेसंग मिलेर नवलपरासीबाट प्रतिनिधिसभा निर्वाचन लडेका त्रिपाठी अहिले स्वतन्त्र हैसियतको सांसद छन् । एकप्रकार एमालेमा प्रवेश गरिसकेका त्रिपाठीलाई पछिल्ला दिनमा एमालेले खासै वास्ता नगरेपछि उनी नयाँ पार्टीको तयारीमा लागेका छन् । 

साँघुसंगको कुराकानीमा भनेका छन–‘हामीसंग जोडिनु भएका साथीहरूले नयाँ पार्टी बनाउनु पर्छ भनेर जोड दिइरहनु भएको छ । त्रिपाठीको भनाइमा अब उनले राष्ट्रिय पार्टी बनाउने धुनमा देखिन्छन् । राजपा र संघीय समाजवादी फोरम प्रदेश २ मा केन्द्रित दल भएकोले त्यसको विकल्पमा पार्टी बनाउन खोजेको देखिन्छ । त्यसैले उनले प्रदेश ५ र ७ का तराईका जिल्लामा पनि सम्पर्कमा रहेको बताएका छन् । र, त्यता नेताहरूसंग अन्तक्र्रियामा रहेका त्रिपाठीलाई दुईथरि सुझाव छ ।

खासगरी प्रदेश २ का नेता कार्यकर्ताले तत्काल पार्टी बनाउनुपर्ने सुझाव दिएका छन् । त्यसैअनुसार तयारी गर्नुपर्ने बताइरहेका छन् । तर, प्रदेश ५ र ७ का नेता र कार्यकर्ता भने अहिले तत्काल पार्टी बनाउन नहुने लाइनमा छन । उनीहरू राजनीतिक दबाब समूह बनाएर विस्तारै पार्टी गठनमा जानुपर्ने तर्क गरिरहेका छ । 
तर, त्रिपाठी स्वयम पनि तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन् ।

एमालेको सूर्य चिन्ह लिएर निर्वाचनमा गएका कारण अहिलेसम्म उनलाई नेकपाको ह्वीप लाग्छ । उनले तत्काल पार्टी छोड्न पनि सक्दैनन् । पार्टी छोडेको अवस्थामा सांसद पदमा जान्छ । सोही कारण त्रिपाठी राजनीतिक दबाब समूह बनाएर अगाडि बढ्न भने सक्नेछन् । तर, त्योभन्दा पनि बढी चाहिं नेकपाभित्र भूमिका खोज्नेछ अनौपचारिकरुपमा । नेकपाभित्र भूमिका नपाउँदा मात्रै उनी राजनीतकि दबाब समूह बनाउन देखिन्छ । (हेर्नुस् पेज ५ मा अन्तरवार्ता)