विश्वमा कीर्तिमान राख्ने होडबाजी चलिरहेको बखत प्रायः एशियाली मानिसहरूलाई मनपर्ने समोसाको परिकारको हालै कीर्तिमान राख्न सफल भएका छन् बेलायती कुकहरू । एक खबरका अनुसार, हालै बेलायतको राजधानी लण्डनको पूर्वी क्षेत्रको एक मस्जिदमा यस्तो समोसा बनाइएको थियो, जुन १५३ किलो रहेको छ । यो समोसा मुस्लिम समाजसँग सम्बन्धित एक संगठनले बनाएको हो । यो समोसा बनाउन कूल १५ घण्टा समय लगाइएको थियो र एउटा टैंकमा तेल हालेर तारिएको थियो । समोसा बनाउने क्रममा गिनिज बुक अफ वल्र्ड रिकर्डका कर्मचारीहरू पनि सहभागी थिए । योभन्दा पहिला बेलायतकै ब्रेडफोर्ड कलेजमा ११० केजीको समोसा तयार गरिएको थियो ।
यो हो विश्वकै सबैभन्दा ठूलो समोसा




