🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुनिता दनुवार मानव बेचबिखनविरुद्धकी  नायक : अमेरिकाद्वारा सम्मान  (सचित्र समाचार)

काठमाडौँ, १५ असार ।  अमेरिकी विदेश मन्त्रालयद्वारा बार्षिक १० जनालाई प्रदान गरिने मानव बेचबिखनविरुद्धको नायक अन्तरराष्ट्रिय सम्मानबाट  शक्ति समूह नामक संस्थाकी संस्थापक प्रमुख सुनिता दनुवार सम्मानित भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ।

\"\"

 अमेरिकी राजदूतावासका अनुसार, अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र राष्ट्रपतिकी सल्लाहकार इभांका ट्रम्पले मानव बेचविखन सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक क्रममा सुनिता दनुवारले सो सम्मान ग्रहण गरेकी हुन् ।

\"\"

अमेरिकी राजदूतावासले सुनिता दनुवारलाई बधाई दिंदै भनेको छ '' वहाँको मानव बेचबिखनविरुद्धको अथक अभियान तथा आफ्नो जीवन नै दाउमा राखेर पीडितलाई सहयोग, पीडकहरुलाई कारवाही र मानव तस्करीविरुद्ध चेतना फैलाउन गरेका प्रयासहरु एकदमै प्रेरणादायी छन्। प्रतिवेदनले मानव बेचबिखनको प्रकृति र दायरासम्बन्धी अद्यावधिक, विश्‍वव्यापी दृष्टिकोण पनि प्रस्तुत गरेको छ।''

''अमेरिकी दूतावास नेपाल सरकार र सुनिता जस्तै नेपालीहरुले मानव तस्करीको  सामना गर्न गर्ने हरप्रकारका प्रयासहरुमा साथ जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दछ।'' २०७५ असार १५ गते सामाजिक संजाल फेसबुकमा नेपालस्थित अमेरिकी दूतावासले उल्लेख गरेको छ। 

( फोटो : नेपालस्थित अमेरिकी दूतावास)