🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकार विकासको नीतिका साथ अगाडि बढ्दै : महासचिव पौडेल

भक्तपुर, १५ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले देशलाई विकासको गतिमा लैजान सरकारले नीति बनाएर अगाडि बढेको बताएका  छन्  । 

धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालले आज सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा संयुक्तरुपमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा बोल्दै महासचिव विष्णु पौडेलले वर्तमान सरकार विकासको गतिमा कहीँकतै नरोकिने बताए  । 

महासचिव पौडेलले भने– “अहिलेको सरकारले हिजो यस्तो भयो भनेर गीत गाएर बस्दैन, विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।” 

सरकारले देशमा कृषि उत्पादनमा अत्यधिक वृद्धि गरेर लैजाने नीति अघि सारेको बताउँदै कृषिमा उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण गर्ने, प्रांगारिक मलको विकास गर्ने, विषादीको अन्त्य गर्दै लैजाने गरी कार्यक्रम अघि सारेको महासचिव विष्णु पौडेलको भनाइ थियो । 

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष किरण थापाले आफ्नो वडामा शुरु भएको रोपाइँ कार्यक्रममा युवा संघ र वाइसिएलले तीन दिनसम्म श्रमदान गरेर धान रोपाइँ गर्ने जानकारी दिए  । खेतको आलीमा बाजा बजाएर, असारे भाका हाल्दै भएको रोपाइँले कृषकलाई उत्साह थपेको थियो । 
–––