🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी करीब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले चैत्र २६ गते नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्नेस्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानीस्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा बुझाइएको छ ।