🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवाविरुद्ध कांग्रेसभित्रै मोर्चाबन्दी विशेष महाधिवेशन बोलाउने तयारी

काठमाडौं । स्थानीय तहको २०७४ वैशाख ३१ र असार १४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो विरासत धान्न सकेन । दुवै चरणको निर्वाचन परिणाम हेर्दा अब निर्वाचन हुन बा“की रहेको २ नम्बर प्रदेशका ११७ स्थानीय तहबाट कांग्रेसले एमालेलाई पछि पार्ने सम्भावना देखि“दैन । ०६४ सालको पहिलो संविधानसभामा गुमेको साखलाई ०७० सालमा फर्काएको कांग्रेसले स्थानीय तहमा व्यहोरेको क्षतिबारे अनेक विश्लेषण भइरहेका बेला कांग्रेसभित्र भने यसले ठूलै तरंग ल्याउने संकेत देखिएको छ । 
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दि“दै आइरहेको रामचन्द्र पौडेल समूहले स्थानीय तह निर्वाचनको परिणाममा देउवा सबैभन्दा जिम्मेवार रहेको भन्दै उनीमाथि अहिलेदेखि मोर्चाबन्दी कसेर नै खनिन थालेको छ । पौडेलले सार्वजनिक रुपमै पार्टी नेतृत्वमा प्रेरक व्यक्ति नहु“दा पार्टीको भागमा पराजय परेको अभिव्यक्ति दिएका छन् । देउवाका एकलका“टे निर्णय र पेलाहा नीतिका कारण एक नम्बरको पार्टी नेपाली कांग्रेस राष्ट्रिय मुद्दा, स्थानीय तहको निर्वाचनलगायत हरेक मोर्चामा असफल रहेको निष्कर्ष पुरानो संस्थापन पक्षले निकाल्नुले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाको आगामी यात्रा त्यति सहज नहुने देखिन्छ । विश्वस्त स्रोतका अनुसार, देउवाको विगतदेखिको कार्यशैलीले आजित बनेका रामचन्द्र पौडेललगायत समूहलाई देउवाबारे विशेष निर्णय लिने बारेमा सोच्न बाध्य बनाएको खबर छ । 
पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको डेढ वर्षमा केन्द्रीय संगठनलाई गति प्रदान गर्नेदेखि पार्टीभित्रको आन्तरिक प्रजातन्त्रलाई सुदृढ गर्नेसम्मका काममा चुकेका देउवाको कार्यशैली यत्तिकै छाड्दा पार्टीले थप क्षति व्यहोर्नुपर्ने बुझेको पौडेल समूह नया“ विशेष रणनीति तय गर्न जुटेको खबर छ । स्रोतका अनुसार, देउवालाई यत्तिकै छाडेमा देश, प्रजातन्त्र र सिंगो कांग्रेस पार्टी नै रसातलमा पुग्ने भन्दै  देउवा इतरका गुटले देउवाविरुद्ध मोर्चाबन्दी गर्ने तयारी भित्रभित्रै अगाडि बढाएका छन् । 
प्राप्त समाचार अनुसार, पौडेल समूहका साथै खुमबहादुर खड्कालगायत नेताले देउवा सानोतिनो कदमबाट पछि नहट्ने भन्दै कठोर निर्णय लिने तयारी गरेका छन् । कांग्रेसका एक नेताका अनुसार, देउवालाई संसदीय दलको नेताबाट मात्र हटाउने कि विशेष महाधिवेशन बोलाएर पदच्यूत गर्ने भन्नेसम्मका छलफल भइरहेका छन् । ‘देउवाकै कारण पार्टीलाई एकपछि अर्को क्षति पुगे पछि कांग्रेसभित्र रामचन्द्र पौडेललगायत समूहले गम्भीर छलफल थालेका छन्,’ स्रोतले भन्यो, ‘छलफलले मूर्त रुप लिएमा देउवाको दम्भले कठोर मूल्य चुकाउनु पर्ने छ ।’
विशेष महाधिवेशनको ब्यवस्था 
नेपाली कांग्रेसको विधान अनुसार, विशेष महाधिवेशन बोलाउन २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर महाधिवेशन बोलाउने प्रावधान छ । कांग्रेसमा लगभग ३५ सय महाधिवेशन प्रतिनिधि छन् । विधान अनुसार, सभापतिलाई पदच्यूतका लागि महाधिवेशन बोलाउन झन्डै ९ सय महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्नुपर्ने हुन्छ । त्यसरी बोलाइएको विशेष महाधिवेशनले सभापतिलाई पदच्यूत गर्न सक्छ । 
नेपाली कांग्रेसका लगभग ३५ सय महाधिवेशन प्रतिनिधि रहेकोमा उतिबेलै रामचन्द्र पौडेल पक्षमा १४ सय प्रतिनिधि देखिएका थिए । पौडेल १३ औं महाधिवेशनमा १४ सय मत ल्याएर पराजित भएका थिए । पछिल्लो समय देउवाको कार्यशैलीले उनको पक्षमा महाधिवेशनमा खुलेर लागेकाहरूले समेत यतिबेला देउवाको साथ छाडेकाले विगतको कांग्रेसलाई बचाउन त्योभन्दा धेरै प्रतिशतले सभापति देउवा विरुद्ध हस्ताक्षर गर्ने आंकलन देउवा इतरको छ । कांग्रेसमा देउवाविरुद्ध पौडेललगायतको समूहले कठोर कदम चालेमा कांग्रेसको आन्तरिक राजनीतिमा मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत यसले असर गर्ने छ । तर, त्यसको असर कस्तो पर्नेछ भनेर अहिले नै खुट्याउन भने मुस्किल छ ।