🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक पाइलटसँग अन्तरंग : सरकारले गर्नु गरिसक्यो अब पुग्यो – प्रेमबहादुर स्याङ्तान

(सबैको जीवनमा सुखसयल लेखेको हुँदैन । तर, संघर्ष गरेर आउनेहरूले कठिन काम नै किन नगरुन् उनीहरू त्यो कामबाट  पनि सन्तुष्ट भने लिन सक्छन् । अनि पढेकाहरूको मात्र जीवन राम्रो हुने पनि होइन । नपढेकाले पनि सीपमार्फत आफूलाई सक्षम पारेकै हुन्छन् । तिनै सक्षम सडक पाइलट हुन् प्रेमबहादुर स्याङ्तान । बाल्यकालदेखि नै काममा लागेर आफ्नो खुट्टामा उभिन सफल पे्रमले सीपकै कारण कहिल्यै अरुसंग हात फैलाउन परेन । घरका सदस्यलाई पनि सघाउन सके । बा १ ख ७३१० नम्बरको गाडीका चालक प्रेम ३१ वर्षका भए तर उनको संघर्षको कथा लामो छ । पहिले काभ्रेपलाञ्चोकको डाँडापारीका प्रेमको बसाई पनौतीसम्म आइपुगेको छ । उनै प्रेमसंग साँघु प्रतिनिधिले सडक पाइलटसंगको अन्तरड्डमा गरेको कुराकानीको यो मुख्य अंश–सम्पादक)

० गाडीलाइनमा आएको कति भयो नि ? 
–भयो १५–१६ वर्षभन्दा बढी ।

 
० कसरी आउनु भयो यो लाइनमा ? 
–मेरो कथा लामो छ । म त ८ वर्षको छँदा भागेर काठमाडौं आएको । त्यसपछि काम गरिएको छ । 

० अनि पढाई त ? 
–पढ्न त एक अक्षर पनि पढिएन । गाउँमा पढ्न त्यस्तै गा¥हो थियो । घर निकै टाढा थियो । ८ वर्षमा काठमाडौं आएपछि होटलमा काम गर्न थालें । ५–६ वर्षजति एउटै होटलमा काम गरें । मिठाइ पसल थियो । सुरुमा महिनाको दुई सय रुपैयाँ कमाउँथें । छाड्ने बेलासम्म दुई हजार रुपैयाँ आउँथ्यो । राम्रै कमाइयो भन्नुपर्ला ।

 
० के के गर्नुभयो होटलमा ? 
–सबै काम गरियो । पछि मिठाइ पनि बनाउन सिकें । त्यसपछि कमाइ पनि बढ्दै गयो । 

० कम उमेरमै काम गर्दा कसैले केही भनेन ? 
–कसैले केही भनेनन् । मैले खुरुखुरु काम गर्थें । बालश्रम भएपनि काम गरेपछि ठीकै थियो । लोकन्थलीका साहु थिए । ठीकै थिए ।

 
० त्यसपछि के गरियो ? 

–त्यसपछि मलाई एक जनाले ममः पसलमा राम्रो कमाई हुन्छ भनेर लगे । तर त्यहाँ धेरै टिकिन । ४–५ महिना काम गरेर गाडी लाइनमा आएँ । पसलमा गाडीका मान्छे आउँथे । अनि गाडी चलाउने रहर पनि जागेर आयो  । अनि गर्दैगरेको काम छाडेर खलासी बन्न आएँ । खलासी बनेको त गाडी चलाउन नै हो ।

० के को खलासी बन्नुभयो ? 
–पहिले माइक्रोबसमा र पछि बसमा खलासी बनें । ५–६ वर्षै गरियो यो काम ।

० खलासीहरू राम्रो बोल्दैनन् भन्छन् नि के हो ? 
–मुख अनुसार हुने हो । सबै कुरा बोली नै हो । १–२ जनाले गर्दा सबै बदनाम भएका हुन् । त्यस्तो छैन ।

 
० त्यसपछि के गर्नुभयो नि ?
–त्यसपछि गाडी चलाउन थालें । सुरुमा मैले वकिल मुकुन्द चालिसेको कार चलाएको थिएँ । दुई वर्ष कार चलाएँ । नाम चलेको वकिल हुनुहुन्थ्यो । मलाई पढ भन्नुहुन्थ्यो । मैले अब त पढ्न मिल्दैन ठूलो भइसकें भनेर टार्थें । उहाँ बित्नुभयो । मैले त्यसपछि ठूलो गाडी चलाउन थालें । नेपाल यातायात चलाउन थालें । अहिलेसम्म ३–४ वटा गाडी फेरें हुँला । 

० गाडी चलाउन कत्तिको राम्रो छ नि ? 
–काठमाडौंमा काम छैन । जाम छ । हामीलाई त बाइकले पनि पेल्छन् । गल्ती अरुको भए पनि ठूलोगाडीकै देखिन्छ । गल्ती नगरे पनि कार्वाही भोग्नुपर्छ । 

० ड्राइभरको जिन्दगी कस्तो छ नि ? 
–के हुनु नि ड्राइभरको जिन्दगी खत्तमै छ । बिहान ४ बजे उठ्यो । राति ९ बजे घर पुग्यो । खायो सुत्यो । त्यत्ति हो । कहिलेकाहींमात्र परिवारलाई समय दियो । त्यसैले त भन्छु नयाँ आउनेलाई सकभर यो लाइनमा नछिर्नु । पहिलेजस्तो सुविधा छैन । मान सम्मान पनि छैन । 

० किन नि ? 
–टेन्सन धेरै छ । हामी त दिनको अर्बौंको सामान जोगाएर हिंड्नु पर्छ । करोडका निजी कार चढ्छन् मानिसहरू । तिनलाई जोगाउनु पर्छ । इन्च इन्च नापेर हिंड्नु पर्छ । हाम्रो योगदान कसैले देख्दैन । हामीले पनि त समाजलाई योगदान दिएका छौं नि । 

० सरकारले गर्छ कि कदर ? 
–सरकारले गर्नु गरिसक्यो अब पुग्यो ।

० सरकारले के ग¥यो र ? 
–सिन्डिकेट तोडेर हाम्रो कमाइ घटाइदियो । जताबाट पनि गाडी छिराएको छ । भताभुङ्ग पा¥यो । गाडीको दाम झ¥यो । २० लाखको गाडीलाई १० मात्र दिन्छु भन्छन् । रुटलाई पैसा दिने हो । समिति धनी हुने हैन । समितिले त दुर्घटनामा परेदेखि हरेक समस्या हेर्ने काम गर्छ । अनि समितिलाई एकमुष्ट पैसा बुझाउनु नराम्रो हैन । सिन्डिकेट हटाएको राम्रो भएन । हाम्रो कमाइ पनि घट्यो । 

० अब के गर्ने त ? 
–के गर्नु र एक पटक विदेश जान खोजेको मेडिकलमा फाल्यो । छातीमा दाग छ भन्थ्यो । पछि चेक गरेको केही देखिएन । अब जानेको यही काम हो । यही गाडी चलाउने हो । बुबा, आमा, श्रीमती पालेकै छु । ठीकै छ ।