आँखाको रोशनी बढाउनका लागि केही हेल्दी ड्रिंक्सहरु आफ्नो भोजनमा समावेश गर्न सकिन्छ ।
गाजरको जुस : गाजरको जुस ‘भिटामिन ए’ ले भरिपूर्ण हुन्छ । यसले आँखालाई स्वस्थ राख्नुका साथै शितलता प्रदान गर्दछ र आँखालाई तेज बनाउँदछ ।
चुकन्दरको जुस : चुकन्दरमा ल्युटिन जेक्सैथिन हुने गर्दछ जसले आँखाको रेटिनालाई स्वस्थ राख्न सहायक भूमिका खेल्दछ । चुकन्दरलाई सलादको रुपमा वा जुस बनाएर पनि खान सकिन्छ ।
स्याउको जुस : आँखाका लागि मात्र नभई पूर्ण शरीरलाई स्वस्थ राख्नका लागि दैनिक एउटा स्याउ खान जरुरी देखिन्छ । यसको जुस पिउनाले आँखाको रोशनी बढाउन मद्दत गर्दछ । स्याउ बायोफलेवोनाइड्स्ले भरिपूर्ण हुन्छ ।
सुन्तलाको जुस : भिटामिन सीले भरिपूर्ण सुन्तलाको जुस पिउनाले मोतिबिन्दुको जोखिम घट्न जान्छ । यसमा आँखालाई स्वस्थ राख्ने फोलेट गुण पनि हुने गर्दछ ।
हरियो सब्जीका जुस : हरियो सब्जीको रस एन्टीअक्सिडेन्ट, ल्युटिन र जेक्सेथिनको राम्रो स्रोत हो । यसको सेवनले आँखा र छाला दुबैलाई फाइदा गर्दछ ।



