साँघु न्यूज डटकम
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले महासंघको विधान विपरीत आपूmलाई निष्काशन गरेको भन्दै न्याय पाउ“ भनी सर्बोच्च अदालतमा दिएको रिटको सर्बोच्च अदालतले सम्बोधन गर्दै रिक्त उपाध्यक्ष पदको निर्वाचनको निर्धारित कार्यक्रम गर्न रोक्न अन्तरिम आदेश २०७४ भदौ १५ गते दिएको छ । महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई बेनी नगरपालिकाको मेयर पदको उम्मेदवार बनेको आरोपमा नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी समितिले निष्काशन गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला तथा नगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएपछि विधान विपरीत भन्दै २०७४ असार ६ गते बसेको महासंघको कार्यकारिणी समितिको बैठकले उपाध्यक्ष श्रेष्ठलाई पदमुक्त गरेको थियो ।
सर्वोच्च अदालतले २०७४ भदौ २७ गते दुवै पक्षलाई उपस्थिति भएर आफ्नो भनाई राख्न आदेश दिदैं महासंघको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । महासंघले उपाध्यक्षमा २०७४ भदौ १९ गते निर्वाचन गर्ने तयारी गरेको थियो । सर्वोच्चको आदेशले निर्वाचनको प्रक्रिया समेत रोकिएको छ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा लोकप्रिय रहेका श्रेष्ठले महासंघका हस्तीहरुले समर्थन गरेका दिनेश श्रेष्ठलाई पराजित गरेर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, अञ्चल संयोजक, खुल्लातर्फबाट सबैभन्दा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य हु“दै उपाध्यक्ष पदमा निर्वाचित भएका श्रेष्ठलाई बेनी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएर विधानको उल्लंघन गरेको आरोपमा हटाइएको थियो । श्रेष्ठलाई हटाइएपछि जिल्ला तथा नगर उद्योग वाणिज्य संघका तीब्र आक्रोश र असन्तुष्टि देखिएको थियो । जिल्ला तथा नगर संघहरुले महासंघलाई निजलाई पदमुक्त नगर्न दवाव दिएका थिए । विधानको गलत ब्याख्या गरेर अन्यायपूर्वक हटाइएपछि श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
२०७४ भदौ १५ गते सर्बोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्सेर जबराको इजलासबाट २०७४ भदौ १९ गते हुनगइरहेको
महासंघको रिक्त उपाध्यक्ष पदको निर्वाचन २०७४ भदौ २७ गतेसम्मका लागि नगर्नु÷नगराउनु भन्ने अन्तरिम आदेश भएको छ ।
महासंघको रिक्त उपाध्यक्ष पदका लागि २०७४ भदौ १९ गते हुनगइरहेको निर्वाचनमा किशोर प्रधान र निरक केसीबीच कडा प्रतिस्पर्धा हुने वाला थियो । प्रधानको पक्षमा चण्डीराज ढकालले कमाण्ड सम्हालेका थिए भने निरक केसी पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, भवानी राणाको भित्री र बाहिरी सहयोगमा मैदानमा उत्रिएका थिए । सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि महासंघका महारथीहरु र एकले अर्कोलाई पछार्ने र उचाल्ने राजनीति गर्दै आएका टाठाबाठा साहुजीहरुमा छटपटी सुरु भएको छ ।




